डिवि विष्ट/ माघ १७, बझाङ । जयपृथ्वी नगरपालीका भित्रै रहेको चौगाँऊ टोल जाने मुल बाटो बन्द भएको झन्डै १ महीन पुरा हुन थालेको छ । यसरी मुल बाटो नै बन्द भएको् १ महीना पुरा हुन लाग्दा समेत यहाँको जयपृथ्वी नगरपालीका र स्थानीय प्रसासनले कुनै पनी चाँसो नलीएको स्थानीयहरुले बताएका छन् ।
नगपालीका ले भने पटक पटक बाटो खुलाउने प्रयास भएको भए पनि सम्बन्धित ब्याक्तीहरुको अनुपस्थितका कारण बोलाएको बैठेक नै स्थगीत गर्नु परेको सुचना अधिकृत पुर्ण बहादुर खड्काले बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले भने आज अफु सोही बाटोमा आँउदा बाटो निकै अफ्ट्यारो भएको बाटो खुलाउनको लागी अब आफुले सम्बन्धित ब्याक्ती संग कुरा गरी बाटो खुलाउने बताउनु भएको छ । सो बाटोको विषयमा आफुलाई कुनै ब्याक्तीले पनी कुनै कुरा न बताएको आज सोही बाटोमा आँउदा आफुलार्इृ थाहा भएको बताउनु भयो । बाटो बन्द हुदाँ विषेश गरेर स साना बाल बालीका , सर्व साधारण ब्याक्ती, वृद्ध वद्धा लगायत मर्कामा परेका छन् ।