९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईँलाई पुर्‍याइयो वीर अस्पताल

४ मंसिर २०८१, मंगलवार १४:३१

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगेको छ।

भक्तपुरस्थित निवासबाट पक्राउ गरिएका प्रसाईँलाई साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रहरीका अनुसार, दुर्गा प्रसाईँलाई आजै अदालतमा पेश गरी हिरासतमा राख्ने अनुमति लिइनेछ।

प्रहरीले पक्राउ गरेपछि कानूनी प्रक्रिया अनुसार उनको स्वास्थ्य अवस्था जाँच गर्न वीर अस्पताल लगिएको हो।

प्रसाईँले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गर्दै ‘फेक डकुमेन्ट’ र झुटा तथ्य सार्वजनिक गरेको आरोप लागेको छ। यो घटनाले साइबर अपराधसम्बन्धी कानूनी प्रावधान उल्लङ्घन गरेको ठहर गर्दै उनलाई पक्राउ गरिएको हो।

प्रहरीको साइबर क्राइम ब्युरोले यस मुद्दामा अनुसन्धान गरिरहेको छ। यदि दोषी ठहरिए, उनलाई विद्युतीय कारोबार ऐन २०६३ र मुलुकी अपराध संहिता २०७४ अन्तर्गत कारबाही गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता