डिवि विष्ट/ माघ १७, बझाङ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालीका तथा सदरमुकाम चैनपुर बजार भित्रै रहेको सडक पेटीकाहरु स्थानीय ब्यापारीहरुको कब्जामा रहेको छन् । सडक पेटीकाहरुमा स्थानीयहरुले अब्यावस्थित ढंगले सरसामान जुत्ता चाप्पल देखी लिएर फल फुल तरकारी लगायत अन्य सामान विक्री गर्ने गरेका छन् ।
जसरको कारणले सदरमुकाम बजार भित्र सवारीका साधनहरु गुडाउन निकै समस्या हुने गरेको सवारी चालकहरुको भनाई रहेको छ । सडक पेटिकामा सर सामान नराख्न जयपृथ्वी नगरपालीकाले पटक पटक आग्रह गरेको भए पनि ब्यापारीहरुले बेवास्ता गरेको नगरपालीकाका सुचना अधिकृत पुर्ण बहादुर खड्काले बताउनु भएको छ ।
उहाँका अनुसार अब केही दीनमा नै सडक पेटीकामा स्थानीय ब्यापारीहरुलाई सामान राख्न नदिने बताउनु भएको छ । ब्यापारीहरुले मन परि ढंग बाट सडक पेटीकामा नै सामान राखि बेच्न थाले पनि स्थानीय प्रसासनले कुनै पनी चाँसो नराखेको बताईएको छ ।