२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेले हुण्डीबाट अमेरिकामा पैसा पठाएको पनि खुल्न आएको छः एमाले नेता बस्नेत

२०८१, ४ मंसिर मंगलवार १७:२९

काठमाडौँ | नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘पर्यटक सहकारी ठग’ को संज्ञा दिएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उनले लामिछानेले ६७ करोड मात्र नभई डेढ अर्बभन्दा बढी हिनामिना गरेको दाबी गरेका छन्।

‘उहाँ अहिले सहकारी पर्यटक ठगजस्तो हुनुभएको छ । सात वटा जिल्लामा उहाँको मुद्दा चलेको छ । ६७ करोडमात्रै होईन डेढ अर्ब हिनामिना भएको भन्ने कुरा आएको छ । हुण्डीबाट अमेरिकामा पैसा पठाएको भन्ने कुरा आएको छ । प्रहरीले अनुसन्धान गर्ने क्रममा धेरै कुरा खुल्नमा आएको छ,’– उनले भने ।

साथै, उनले कांग्रेस उपसभापति धनराज गुरुङको सम्बन्धविच्छेद प्रकरणबारे पनि छानविन भइरहेको बताए । उनले वर्तमान सरकारले धनराजलाई पनि अनुसन्धानको दायरामा ल्याइसकेको बताउँदै भ्रष्टाचारीहरु कसैले पनि उन्मुक्ति नपाउने बताए । ‘कतिपय सन्दर्भमा धनराजजीको कुरा आएको छ । उहाँको श्रीमतीसँगको डिभोर्स फेक हो कि के हो भन्ने कुरा अनुसन्धान भइरहेको छ । उहाँलाई पनि अनुसन्धानको दायरामा ल्याएको छ । बयान लिइसकेको छ,’– उनले भने ।

नेता बस्नेतले सबै सहकारी ठगलाई अनुसन्धानको दायरामा ल्याउने र संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकार दृढ रहेको बताए। उनले भ्रष्टाचारी कसैलाई पनि उन्मुक्ति नदिइनेमा जोड दिए।

“सहकारी ठगहरूलाई कारबाही गरी भ्रष्टाचारलाई निर्मूल गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,” बस्नेतले भने।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह