2026-11-02 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदालत परिसरमा विषादी सेवन: रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएको अनुमान

काठमाडौँ  | एमाले युवा नेता ऐन महरकाे जाहेरीमा पक्राउ परेकी बझाङकी रश्मिला धामी अस्पतालमा अचेत अवस्थामा छिन् । उनले अदालत परिसरमा पिएको पदार्थ मट्टितेल रहेको अनुमान चिकित्सकहरूले गरेका छन् ।

उच्च अदालत पाटनमा सादा पोशाकका प्रहरी देख्नासाथ आत्तिएर विषादीजन्य देखिने बस्तु सेवन गरेकी थिइन् । उपचारका निम्ति उनलाई जावलाखेलस्थित अल्का अस्पताल लगिएको थियो ।

अस्पतालको दर्ता प्रक्रियाका क्रममा उनको नाम र ठेगाना स्पष्ट भएपछि उनलाई रश्मिला धामीको रूपमा पुष्टि गरिएको थियो । हाल उनलाई अस्पतालको आकस्मिक कक्षमा राखिएको ड्युटीमा खटिएका प्रहरीले बताए ।

एमाले नेता ऐन महरले रश्मिला धामीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी जाहेरी दिएका थिए। जाहेरीपछि उनी फरार थिइन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार उपचारपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द