२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीआरआईबारे कांग्रेसको अडान- अनुदान भए ठीकै छ, ऋण कुनै हालतमा स्वीकार्य हुँदैन

५ मंसिर २०८१, बुधबार १५:०२

काठमाडौँ | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच हिजो बालुवाटारमा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकको मुख्य विषय सरकारलाई प्रभावकारी बनाउनमा केन्द्रित रहेको भए पनि, प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण र बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) सम्झौतामा केन्द्रित छलफल चल्यो।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी परराष्ट्रमन्त्री आरजु राणाको नेतृत्वमा भइरहेको छ। प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाने तयारीमा छन्।

चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेस र एमाले बीच अझै सहमति पुग्न सकेको छैन। प्रधानमन्त्री ओलीले यसअघि नै बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने इच्छा देखाएका थिए, जबकि कांग्रेसको अडान भने स्पष्ट छ कि बीआरआई अनुदान भए मात्र स्वीकार्ने हो, ऋणको भार नबोक्ने सर्तमा।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने, “बीआरआई अनुदान भए स्वीकार्छौं, तर ऋणको भार नबोक्ने हाम्रो अडान हो। अनुदानका योजनाहरु धेरै वर्षदेखि कार्यान्वयन भएका छैनन्, र अहिले ऋणको तयारी गर्नुपर्छ भने हामीसँग स्पष्ट योजना हुनु पर्छ।”

उनले थपे, “चीनले अघि प्रतिबद्धता जनाएअनुसारको अनुदान कार्यान्वयन नगरेको छ, त्यसैले बीआरआईअन्तर्गत त्यही अनुदान मात्र उपलब्ध गराउने विषयमा हाम्रो बुझाइ छ।”

प्रधानमन्त्री ओली र कांग्रेस बीच अबको केही समयमै बीआरआई विषयमा साझा धारणा बनिसक्ने आशा गरिएको छ। महतले भने, “अहिलेको साझा धारणा यही छ कि कुनै पनि देशसँग ऋण लिनुहुँदैन। हाम्रो देशमा अहिले ठूलो ऋणको भार छ, र त्यसको ब्याज तिर्ने क्षमता घट्दै गएको छ।”

कांग्रेस र एमाले बीच बीआरआई र ऋणका विषयमा कुनै असन्तुष्टि छैन भन्ने महतले प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य