Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीआरआईबारे कांग्रेसको अडान- अनुदान भए ठीकै छ, ऋण कुनै हालतमा स्वीकार्य हुँदैन

२०८१, ५ मंसिर बुधबार १५:०२

काठमाडौँ | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच हिजो बालुवाटारमा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकको मुख्य विषय सरकारलाई प्रभावकारी बनाउनमा केन्द्रित रहेको भए पनि, प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण र बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) सम्झौतामा केन्द्रित छलफल चल्यो।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी परराष्ट्रमन्त्री आरजु राणाको नेतृत्वमा भइरहेको छ। प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाने तयारीमा छन्।

चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेस र एमाले बीच अझै सहमति पुग्न सकेको छैन। प्रधानमन्त्री ओलीले यसअघि नै बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने इच्छा देखाएका थिए, जबकि कांग्रेसको अडान भने स्पष्ट छ कि बीआरआई अनुदान भए मात्र स्वीकार्ने हो, ऋणको भार नबोक्ने सर्तमा।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने, “बीआरआई अनुदान भए स्वीकार्छौं, तर ऋणको भार नबोक्ने हाम्रो अडान हो। अनुदानका योजनाहरु धेरै वर्षदेखि कार्यान्वयन भएका छैनन्, र अहिले ऋणको तयारी गर्नुपर्छ भने हामीसँग स्पष्ट योजना हुनु पर्छ।”

उनले थपे, “चीनले अघि प्रतिबद्धता जनाएअनुसारको अनुदान कार्यान्वयन नगरेको छ, त्यसैले बीआरआईअन्तर्गत त्यही अनुदान मात्र उपलब्ध गराउने विषयमा हाम्रो बुझाइ छ।”

प्रधानमन्त्री ओली र कांग्रेस बीच अबको केही समयमै बीआरआई विषयमा साझा धारणा बनिसक्ने आशा गरिएको छ। महतले भने, “अहिलेको साझा धारणा यही छ कि कुनै पनि देशसँग ऋण लिनुहुँदैन। हाम्रो देशमा अहिले ठूलो ऋणको भार छ, र त्यसको ब्याज तिर्ने क्षमता घट्दै गएको छ।”

कांग्रेस र एमाले बीच बीआरआई र ऋणका विषयमा कुनै असन्तुष्टि छैन भन्ने महतले प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश