२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा लरेन्स विश्नोईको नाम लिएर धम्की: सीआईबीमा चार जनाको उजुरी, अनुसन्धान जारी

५ मंसिर २०८१, बुधबार १७:२३

काठमाडौं | भारतको तिहाड जेलमा रहेका कुख्यात अपराधी लरेन्स विश्नोईको नाम लिएर धम्की आएको विषयमा नेपालमा चार जना व्यक्तिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका छन्। दुबई र भारतका नम्बरबाट आएको धम्कीपछिको घटनामा प्रहरीले छानबिन अघि बढाएको छ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, चार जनाले मात्र उजुरी गरेपनि अन्य व्यवसायी र व्यक्तिलाई पनि यस्तै धम्की आएको सूचनाहरू प्राप्त भएका छन्। धम्की दिनेहरूले फिरौतीको माग राखेका थिए।

विश्नोई र उनका गतिविधि
भारतको सबैभन्दा कडा सुरक्षा रहेको तिहाड जेलमा रहेका लरेन्स विश्नोई फिरौती असुली र हत्याका घटनामा मुछिएका छन्। जेलभित्रै गिरोह चलाएको खुलेपछि उनलाई महाराष्ट्रको सेन्ट्रल जेलबाट तिहाड जेल सारिएको थियो। विश्नोईले अघिल्लो समय भारतीय अभिनेता सलमान खानलाई समेत ज्यान मार्ने धम्की दिएका थिए।

तर, नेपालमा आएका धम्कीहरूमा उनको प्रत्यक्ष संलग्नता नभएको अनुसन्धान अधिकृतहरूले बताएका छन्। “उनको नाम लिएर अरू कसैले धम्क्याएको हुनसक्छ,” एक अनुसन्धान अधिकृतले भने।

दुर्गा प्रसाईंलाई जोडेर धम्की
यस्तै, विवादस्पद व्यवसायी दुर्गा प्रसाईंको नाममा पनि धम्की आएको विषय सीआईबीमा पुगेको छ। एक व्यवसायीले प्रसाईं नेतृत्वको अभियानलाई सहयोग गर्न दबाब दिने खालका धम्कीहरू आएको जनाएका छन्। यसले धम्की दिनेहरूले विश्नोईको नाम प्रयोग गरेर रकम असुली गर्न खोजेको हुनसक्ने आशंका गरिएको छ।

प्रसाईंलाई प्रहरीद्वारा विद्युतीय अपराध नियन्त्रण ऐन विपरीतको कसुरमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार, धम्कीका विषयमा अनुसन्धानलाई प्राथमिकता दिइएको छ।

सीआईबी प्रमुख एआईजी दिपक थापाका अनुसार, विद्युतीय अपराधको छानबिन साइबर ब्यूरोले गर्नेछ भने अन्य धम्कीका विषयमा सीआईबीले अनुसन्धान गर्नेछ। विदेशी नम्बरबाट आएका धम्कीको अनुसन्धानमा विशेष ब्यूरो र भारतीय प्रहरीको समेत सहयोग लिइएको छ।

यस घटनाले नेपालमा अपराधी गिरोहले कसरी भयको वातावरण सिर्जना गर्न खोजिरहेका छन् भन्ने प्रश्न खडा गरेको छ। प्रहरीले यस विषयमा थप विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य