२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ

२०८१, ६ मंसिर बिहीबार १५:०५

काठमाडौं | मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विवादित अभिव्यक्ति दिए । त्यो लगानी पुष्टि गर्ने कागजात आफूले करोडौँ खर्चिएर फेला पारेको भन्दै प्रसाईँले केही शंकास्पद् कागजात सार्वजनिक गर्न भ्याए ।

ती कागजात ‘फर्जी’ रहेको भन्दै मङ्गलवार भक्तपुरस्थित निवासबाट प्रसाईँलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीविरुद्ध दुष्प्रचार गरेको आरोप प्रसाईँमाथि छ । बुधवार जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति नै दिइसकेको छ ।

यता बुधवारै एमालेका केही नेता कम्बोडिया प्रस्थान गरे । विशेष गरी एमाले नेता भट्टराई किन गए कम्बोडिया?
एमालेको बागमती प्रदेशका इन्चार्ज समेत रहेका डा. राजन भट्टराई कम्बोडिया गए । भट्टराई तीनै व्यक्ति हुन् जो पहिला ओली प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार थिए । उनी एमालेको विदेश विभाग प्रमुख पनि भइसकेका व्यक्ति हुन् ।

रोचक संयोग एमालेले शुक्रवार राजधानीमा ‘जागरण सभा’का नामले अघोषित शक्ति प्रदर्शन गर्दै छ । भट्टराई उक्त कार्यक्रममा संयोजक समेत तोकिएका छन् । कार्यक्रम हुनुको अघिल्लो दिन उनी अकस्मात् कम्बोडिया उडेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । प्रसाईँका समर्थक र प्रधानमन्त्री ओलीका आलोचकले यही प्रसङ्गलाई मसला बनाएर अहिले सामाजिक सञ्जाल तताइरहेका छन् ।

एमालेको दाबीलाई मान्ने हो भने भट्टराईको कम्बोडिया यात्रा र प्रसाईँको आरोपबिच कुनै नजिकको साइनो छैन । बरु भट्टराई एक्लै पनि कम्बोडिया गएका छैनन् ।

भट्टराईसँगै एमालेका वर्तमान विदेश विभाग प्रमुख रघुवीर महासेठ पनि साथमा छन् । यस्तै नेपाली कांग्रेसकी नेतृ एवं पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटा, जनमत पार्टीका अध्यक्ष सिके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेल पनि साथमा छन् । राप्रपा नेता पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका ससुरा एवं रवि पत्नी निकीताका बुबा हुन् ।

यी सबै नेताको टोली कम्बोडियामा हुन लागेको इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिकलन पार्टीज(आइसिएपिपी)को १२ औँ महाधिवेशनका लागि गएको हो । भट्टराई आइसिएपिपीको स्थायी समिति सदस्य समेत रहेको एमालेले जनाएको छ ।

भट्टराईले आफू कम्बोडिया यात्रामा निस्किएपछि प्रसाईँले लगाएको आरोपसँग जोडेर अनेक शङ्का–उपशङ्का गर्दै आलोचना सुरु भएपछि खण्डन हुने गरी केही तस्बिर समेत सार्वजनिक गरेका छन् । कम्बोडिया विमानस्थल पुगेर बिहीबार बिहान उनले फेसबुकमा आइसिएपिपी सम्मेलनमा सहभागी हुन पुगेका नेपाली नेताबारे जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम