२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश

२०८१, ६ मंसिर बिहीबार १७:५१

काठमाडौं । सर्वोच्च अदालतले खोला किनारको थप २० मिटर खुला क्षेत्र बनाउने विवादास्पद फैसला तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशद्धय कुमार चुडाल तथा नित्यानान्द पाण्डेयको संयुक्त इजलासले पुनरावलोकनको निवेदनमाथि निस्सा दिने फैसला सुनाएको हो।

बाग्मती संरक्षणसँग सम्बन्धित यस प्रकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को तर्फबाट सचिव फणीन्द्र गौतमले सोमबार सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गराएका थिए। सरकारको तर्फबाट उक्त फैसला त्रुटिपूर्ण रहेको र कानूनी नजीरको प्रतिकूल भएको तर्क गरिएको छ।

विवादको पृष्ठभूमि
गत पुस ३ गते सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले अधिवक्ता प्रकाशमणि शर्माको रिट निवेदनमा खोला किनारका क्षेत्रमा २० मिटर थप खुला क्षेत्र छोड्नुपर्ने आदेश दिएको थियो।

सरकारले भने रिट निवेदकले जिकिर नै नगरेको विषयमा फैसला भएको र कानूनी प्रावधानको प्रतिकूल हुने तर्क गर्दै पुनरावलोकनका लागि निवेदन दिएको हो। सरकारको भनाइमा उक्त आदेश कार्यान्वयन गर्दा ठूलो असर पर्ने देखिएको छ।

सरकारले दिएको निवेदनमा खोला किनारमा खुला क्षेत्र छोड्ने आदेश कानूनी व्यवस्थाको प्रतिकूल रहेको र यसले विकासका पूर्वनिर्धारित योजना प्रभावित पार्न सक्ने तर्क गरिएको छ।

सर्वोच्च अदालतको पछिल्लो निर्णयले उक्त फैसला तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। अब पुनरावलोकन प्रक्रियाको अन्तिम टुंगो लागेपछि मात्र यो विषयमा थप निर्णय हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह