२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक

८ मंसिर २०८१, शनिबार १२:३८

कास्की । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक भएको बताएका छन् ।

नेपाली कांग्रेस बिपी स्मृति प्रतिष्ठान गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित डा. महतद्वारा लिखित ‘नेपाली कांग्रेस र राष्ट्र निर्माण’ नामक पुस्तकको परिचर्चा कार्यक्रममा पार्टी प्रवक्तासमेत रहेका डा. महतले समावेशितासहितको प्रत्यक्ष निर्वाचन आवश्यक रहेकाले मिश्रित निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

यो पुस्तक बिपी कोइराला स्कूल अफ पब्लिक पोलिसीद्वारा सन् २०२१ मा पहिलो पटक प्रकाशन भएको थियो । डा. महतले बिपीको आर्थिक नीतिको चिन्तनसँग वर्तमान आर्थिक नीतिलाई जोड्दै कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिए ।

तत्कालीन समयमा बिपीले समाजवादी अर्थतन्त्रलाई अगाडि बढाउँदै विपन्न वर्गको जीवनस्थल उकास्ने काममा सक्रिय रहेको जानकारी दिँदै उनले त्यसबेला कृषिमा आधारित अर्थतन्त्र थियो भने अहिले उद्योगमा भएको उल्लेख गरे ।

विसं २०१२ मा बिपीले प्रजातान्त्रिक समाजवादलाई अँगाल्दै आर्थिक नीतिलाई अगाडि सार्नुभएकाले कांग्रेसले बिपीको बाटोलाई छाड्न नहुने नेता डा. महतले धारणा राखे । ‘युवालाई आर्थिक उपार्जनसँग जोडेर अगाडि बढ्नु वर्तमान समयको आवश्यकता हो’, उनले भने, ‘प्रजातान्त्रिक समाजवाद बिना आर्थिक समृद्धिको कल्पना गर्न सकिँदैन।’

पार्टीको आन्तरिक कारणबाट निर्वाचनमा पराजय हुन नदिन पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर जनताको सेवामा जुट्नुपर्नेमा नेता महतको जोड छ । विसं २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतमा पु¥याउन पार्टीका नेता तथा कार्यकर्ता सकारात्मक ऊर्जाका साथ जनतामाझ जानुपर्ने उनले सुझाव दिए ।

कांग्रेसले प्रजातन्त्रमा विश्वास राख्ने भएकाले पार्टीप्रति नेपाली आमजनताको विश्वास कायम रहेको बताउँदै उनले जनता केन्द्रित भएर विकास, निर्माण सबै लाग्नुको विकल्प नभएको बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले आफूलाई चिन्न नसक्दा पार्टी कमजोर हुँदै गएको बताए ।

कांग्रेसले आफ्नो पहिचान बिर्सन नहुने भन्दै उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले कांग्रेस जनताको मालिक नभई सेवक भएर प्रस्तुत हुन उनले आग्रह गरे ।

डा. महतद्वारा लिखित उक्त पुस्तकका प्रमुख परिचर्चाकार प्रा.डा. यादव शर्मा गौडेलले आर्थिक समानताले समाजको उत्पादन सम्भावनालाई उजागर गर्ने हुँदा आर्थिक वृद्धिको प्रमुख सर्तका रुपमा लिन सकिने बताए ।

पुस्तकमा विसं २०१५ पछि कांग्रेसको सरकार बनेपछि राणाहरुको सम्पत्ति सरलीकरण गर्नु, वन नीतिमा सुधार, वार्षिक बजेटमा विकासतर्फ ४७.६ प्रतिशत गरी वृद्धि, कृषिमा आत्मनिर्भरता, साना उद्योगहरुको विस्तार, भूमि सुधार, शिक्षा तथा स्वास्थ्यमा सुधार, यातायात, सञ्चार र पूर्वाधार विस्तारमा विकास भएको उल्लेख भएको जनाउँदै उनले त्यतिबेला पनि आर्थिक नीतिलाई सही आकार दिएको पुस्तकमा उल्लेख भएको बताए । उक्त कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस बिपी स्मृति प्रतिष्ठान गण्डकीका अध्यक्ष माधवप्रसाद वास्तोलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य