९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै

९ मंसिर २०८१, आईतवार १८:०१

काठमाडौँ | बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । अरु दुई जना गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो हिमाली गाउँपालिका–३ बिच्छ्यास्थित युनामा रुखले च्यापिएर ४३ वर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

रुखले च्यापिएर ४८ वर्षीया सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत अस्पताल लैजाने तयारी भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार स्थानीय नापीखोला साना जलविद्युत आयोजनामार्फत गाउँगाउँमा विद्युत् पुर्‍याउने कार्य कादुरी संस्थाले गरिरहेको छ । ‘विद्युतीकरणका क्रममा सल्लाका रुख कटानको कार्य भइरहेको थियो,’ अध्यक्ष मल्लले भने, ‘सोही क्रममा रुख ढल्दा च्यापिएर घटना घटेको हो । घाइतेलाई उपचारका लागि अस्पताल लैजान हेलिप्याड भएको स्थानसम्म पुर्‍याइएको छ ।’ बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो