2026-06-27 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् ।

काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा एक समारोहकाबीच ट्रफी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाली खेलकुदलाई नयाँ अध्यायमा लैजानका लागि सरकारले गरिरहेको  सहयोगको लागि धन्यवाद दिए ।
सिद्धार्थ बैंक एनपीएलको ट्रफी आफैंमा विशेष रहेको बताउँदै प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाउने बताए ।

ट्रफीमा सर्वोच्च शिखर सगरमाथाको काख कालापत्थरबाट ल्याएको ढुंगा प्रयोग गरिएको छ । यसमा निकुञ्ज, बन, जंगलको पनि समिश्रण रहेको छ । उक्त पत्थर पर्वतारोही निमा शेर्पा र मिंङमा तेन्जी शेर्पाले ल्याएका थिए ।

ट्रफी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको बताए । ऐतिहासिक र गौरवपूर्ण धरहराको काखमा नेपाल प्रिमियर लिगको ट्रफी अनावरण गर्दा खेलकुदमा नयाँ जाँगर भरेको पनि बताए ।

उनले नेपाली क्रिकेट इतिहासको विशाल एवं उमंगमय पर्व एनपीएल भएको पनि बताए । ‘अहिलेको पुस्ताले नेपाली खेलाडीहरुको मेहनत र सफलतालाई अंगालेका छन् । क्रिकेट नेपाली युवा पुस्ताको सपना र गौरवको रुपमा रहेको छ । यो खेलमात्रै नभएर अनुशासनको मानक पनि हो,’ उनले भने । त्यस्तै आयरल्याण्डका खेलाडीलाई आशिफ शेखले रन आउट नगरेर स्पोर्टस म्यानसिपको उत्कृष्ट नमुनाको भिडियोका बारेमा चर्चा गरे ।

यसैगरी करण केसीको भ्यालेन्टाइन ब्वाए नामको बारेमा पनि चर्चा गरे । यसैगरी कुशल भुर्तेल बलर कि ब्याटर भनेर प्रश्न गर्दै शतक प्रहार गर्न आग्रह गरे ।

चितवन राइनोजका विषयमा ओलीले चितवन गैडाज भनेर सम्बोधन गरे । चितवन गैंडाजका कुशल मल्लको पनि आगामी दिनमा थप चर्चा हुने विश्वास गरे ।

लुम्बिनीका कप्तान रोहित पौडेलको नाम सुन्दा नै आफूलाई गर्व लाग्ने बताए । उनलाई जसले जिते पनि देशले जितेको महसुस हुने बताए ।

विराटनगरका कप्तान सन्दीप लामिछानेलाई नेपाली क्रिकेटको ब्राण्ड एम्बास्डर भन्दै नेपालीले चान्स पायो कि डान्स गर्छ भन्दै प्रशंसा गरे ।

कर्णाली याक्सका सोमपाल कामीको योर्करबारे पनि चर्चा गर्दै सफलताको  शुभकामना दिए । यसैगरी कर्णाली याक्सले भारतका गब्बर (शिखर) धवनको आगमनले झनै उमंग थपेको बताए ।

सुदूरपश्चिमका दीपेन्द्रसिंहको बारेमा प्रशंसा गर्दै उनका कीर्तिमानहरुबारेमा चर्चा गरे । देशको प्रधानमन्त्री भएकाले आठवटै टिमको समर्थन र सद्भाव रहने बताए ।

पहिला सबैलाई शुभकामना दिने तर जितेपछि बधाई दिन्छु ।  यसैगरी क्यानलाई महिला फ्रेन्चाइज क्रिकेट पनि आयोजना गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले देश विदेशमा एनपीएलको चर्चा र परिचर्चा भएको प्रति खुसी व्यक्त गरे । एनपीएल अब आर्थिक, खेल पर्यटनको उद्योगको रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले पूराना मान्यतालाई भत्काएर नयाँ मान्यता स्थापित गर्नका लागि एनपीएल सफल हुनेमा विश्वास व्यक्त गरे । प्रतियोगिताका लागि राखेपले सदा साथ दिने पनि प्रतिवद्धता जनाए ।

एनपीएलमा ८ टिमले सहभागिता जनाएका छन् । समरोहमा प्रधानमन्त्री ओलीका साथै, युवा तथा खेलकुदमन्त्री चौधरी, राखेप सदस्य सचिव घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत खेल पदाधिकारी र खेलाडीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी