१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतको मूल्य कति हुन्छ ? पढ्नुहोस् यी उदाहरण

१८ असार २०७४, आईतवार ०१:२९

असार १७, काठमाडौँ ।  चुनावमा मतको मूल्य कति ? जब उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा बढ्दा थाहा हुन्छ । अझै, जितहारमा थोरै मत निर्णायक बनिदिन्छ त्यसबेला त मत झन् अमूल्य बन्छ । हो, स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केही यस्ता उम्मेदवार छन्, जसले ‘अमूल्य’ मत पाए । 

शनिबार राति झन्डै एक सय तीस स्थानको मतपरिणाम सार्वजनिक भइसक्दा निकै झिनो मत अन्तरमा जितको खुसी चुम्ने र हारको पीडा भोग्नेको सूची लामो देखिएको छ । एक सयभन्दा कम मतको अन्तरमा धेरै स्थानमा जितहार भएको छ ।

हालसम्म सबैभन्दा कम ३ मतको अन्तरमा ओखलढुंगाको चिशंखुगढीमा जितहार भएको छ । माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार निशान्त शर्माले एमालेका भीमबहादुर थापालाइ झिनो अन्तरमा हराए । शर्माको १९०६ मत आउँदा थापामगरले १९०३ मतमा चित्त बुझाउनुपर्‍यो । 

भोजपुरका रामप्रसाद राईको गाउँपालिकामा ८ मतको अन्तरमा हारजित भयो । एमालेका विजय राईले झिनो मत अन्तरमा माओवादी केन्द्रका थामबहादुर राईलाई हराएका हुन् । एमालेका राईले २३५६ मत ल्याए भने माओवादीका राईले २३४८ मत प्राप्त गरे । प्यूठानको माण्डवीमा १२ मतको अन्तरमा एमालेका श्रीधर रोकाले माओवादी केन्द्रका रोशन अधिकारीलाई हराए । रोकाले १७५३ मत ल्याउँदा अधिकारीको १७४१ मात्र आयो । यही गाउँपालिकाको उपाध्यक्षमा ६६ मतको अन्तरमा माओवादी केन्द्रकी मुगा पुनले एमालेकी सम्झना घर्तीलाई हराइन् ।

ताप्लेजुङको आठराई त्रिवेणीको अध्यक्षमा १३ मत अन्तरमा कांग्रेसले एमालेलाई हराएको छ । कांग्रेसका विश्वनाथ सिटौलाले २२२६ मत ल्याउँदा एमालेका लक्ष्मीबहादुर याक्सोले २२१३ मत मात्र पाए । यही गाउँपालिकाको उपाध्यक्षमा ९७ मतको अन्तरमा एमालेकी मञ्जु पौड्याल भट्टराईले जतिन् ।

ताप्लेजुङकै मिक्वा खोलाको अध्यक्षमा १५ मतको मात्रै अन्तर छ । एमालेका रामकुमार साँवाले कांग्रेसका भक्तबहादुर कार्कीलाई पछि पारे । प्यूठानको ऐरावतीमा १६ मतको फरक पर्‍यो । कम्युनिस्ट किल्ला मानिँदै आएको प्यूठानमा कांग्रेसका नवीनविक्रम शाहले १६ मतले एमालेका टीकाबहादुर गुरुङलाई पछि पारे । शाहले २४९० मत ल्याउँदा गुरुङले २४७४ मात्र पाए । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षमा एमालेका ङिमदोर्जी शेर्पा २२ मत अन्तरमा विजयी भए । उनले कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार छुङवो शेर्पालाई हराएका हुन् । उदयपुरको ताप्ली गाउँपालिकाको अध्यक्षमा २३ मतले हारजित भएको छ । एमाले उद्धवसिंह थापाले १२६९ मत ल्याएर कांग्रेसका डिगबहादुरज्यू ठकुरीलाई हराए ।

खोटाङको साकेलाको अध्यक्षमा ३५ मत अन्तरमा जितहार भयो । माओवादी केन्द्रका अर्जुनकुमार खडकाले १०२० मत ल्याउँदा कांग्रेसका इच्छुराम रानाले ९८५ मतमा चित्त बुझाउनुपर्‍यो । खोटाङको ऐंसेलुखर्कको उपाध्यक्षमा पनि ३३ मत अन्तरमा हारजित भएको छ । एमालेकी उपाध्यक्ष उम्मेदवार पुष्पा भुजेलले १८९९ मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्तिदेवी राईले १८५६ मत पाइन् । गुल्मीको रेसुङ्गाको उपाध्यक्षमा पनि ३४ मतको अन्तरमा हारजित भएको छ । एमालेकी सीता भण्डारीले कांग्रेसकी अमृतादेवी कुँवरलाई हराइन् ।

 थोरै मत अन्तरमा धेरै स्थानमा हारजित हुने जिल्लामा भोजपुर अग्रपंक्तिमा छ । त्यहाँ एमालेबाहेक अन्य दलहरू कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धन गरेर चुनाव लडेका थिए । भोजपुर नगरपालिकामा कांग्रेसले ३६ मतको अन्तरमा एमालेलाई हरायो । कांग्रेसका उम्मेदवार कैलाशकुमार आलेले ४०७० मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश श्रेष्ठले ४०३४ मत प्राप्त गरेका थिए । भोजपुरकै टेयाम्केमैंयुमा ५८ मतको मात्र अन्तर रह्यो । एमालेका धु्रवराज राईले २६९० मत ल्याएर संघीय समाजवादी फोरमका रामसिंह राईलाई हराए । 

फोरमका राईले २६३२ मत ल्याए । भोजपुरकै पौवादुम्बामा एमालेले १ सय २९ मत अन्तरमा माओवादी केन्द्रलाई अध्यक्षमा हरायो । त्यही गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले २६ मतको अन्तरमा एमालेलाई पछि पार्‍यो । 

संखुवासभाको सभापोखरीको अध्यक्षमा एमालेका रत्न सुब्बा र कांग्रेसका भीम सिङखा लिम्बुबीच ५७ मतको अन्तर पर्‍यो । एमालेका सुब्बाले कांग्रेसका लिम्बुलाई हराए । डोटीको पूर्वचौकीको अध्यक्षमा ४७ र उपाध्यक्षमा ५९ मतको अन्तरमा जितहार भएको छ । एमालेका अध्यक्ष दीर्घ बोगटीले कांग्रेसका रामप्रसाद उपाध्यायलाई पछि पारेका हुन् । उपाध्यक्षमा एमालेकै निर्मला साउदले कांग्रेसकी माया कुँवरलाई हराइन् । डोटीकै बोगटानको उपाध्यक्षमा २६ मत अन्तरमा जितहार भयो । एमालेकी भगवती बमले माओवादी केन्द्रकी चन्द्रादेवी भुललाई हराएकी हुन् । 

उता तेह्रथुमको मेन्छयायेम गाउँपालिकाको उपाध्यक्षमा पनि झिनो अन्तर नै रह्यो । उपाध्यक्षमा ६६ मत अन्तर पार्दै कांग्रेसकी गीतादेवी तिम्सिनाले एमालेकी दिलकुमारी शंकरलाई हराइन् । बझाङको काँडामा ४८ मत अन्तरमा अध्यक्षमा कांग्रेसका राजेन्द्र बोहराले एमालेका मानबहादुर बोहरा पछि पारे । बझाङकै तलकोटको अध्यक्षमा एमालेका लालबहादुर विष्टले कांग्रेसका राजेन्द्रबहादुर सिंहलाई ६४ मतले हराए । यही गाउँपालिकाको उपाध्यक्षमा पनि झिनो मतान्तर रह्यो । २० मतको अन्तरमा एमालेकी धनलक्ष्मी खत्रीले कांग्रेसकी जयकुमारी ऐडीलाई पछि पारिन् । 

बाजुराको बडीमालिकामा ३८ मत अन्तरमा हारजित भयो । अध्यक्षमा कांग्रेसका पदमबहादुर बडुवालले एमालेका गगनबहादुर रावललाई हराए । बैतडीको दशरथ चन्द नगरपालिकामा ६२ मत अन्तरमा हारजित भयो । कांग्रेसका नरेन्द्रसिंह थापाले ३७६२ मत ल्याउँदा एमाले पुष्करराज जोशीले ३७०० मत मात्रै प्राप्त गरे । त्यस्तै शिवनाथमा पनि ३७ मतको अन्तरमा जितहार भयो । अध्यक्षमा कांग्रेसका कर्णसिंह साउदले एमालेका भरत मडैलाई पछि पारे । पाल्पाको सत्यवतीको अध्यक्षमा कांग्रेसका पारिश्वर ढकालले ६४ मतले एमालेका अमर सिजापतिलाई पछि पारे । ढकालले ५१९७ ल्याए भने एमालेका अमर सिजापतिले ५१३३ मत पाए । 

दोब्बर बढीको जित

झिनो मत अन्तर मात्र होइन दोब्बर मत ल्याएर विजयी हुनेहरू पनि छन् । इलामको सन्दकपुरमा करिब दोब्बर बढी मतले एमालेका उदयबहादुर राईले विजय हासिल गरेका छन् । राईले ४५२९ मत ल्याउँदा कांग्रेसका देवेन्द्रकुमार सुवेदीले २३५४ मत पाए । धनकुटाको खाल्सा छिन्ताङ, छथर जोरपाटी र पाख्रिबासमा एमालेले दोब्बरभन्दा बढीले जितेको छ । -कान्तिपुर दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय