Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हनिट्रयापमा पारी रकम असुल गरेको कसुरमा निलम्बित इन्स्पेक्टर विनुसहित ६ जनाविरुद्ध मुद्दा दायर

२०८१, १० मंसिर सोमबार १५:४२

काठमाडौँ | व्यवसायीलाई हनिट्रयापमा पारी आर्थिक लाभ लिएको कसुरमा निलम्बित प्रहरी इन्स्पेक्टर विनुकुमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज ललितपुर जिल्ला अदालतमा निलम्बित प्रहरी इन्स्पेक्टर शाहीसहित प्रहरी सहायक हवलदार महेन्द्र हमाल, दर्शन पोखरेल, भीमादेवी थापा, तजम्मुल इस्लाम र सुस्मा विश्वकर्माविरुद्ध मुद्दा दायर गरेको हो ।

ललितपुरको भैंसेपाटी प्रभागमा कार्यरत इन्स्पेक्टर शाहीसहितको गिरोहले बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलेको खुल्न आएको थियो । यस विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश पेश गरेको थियो । निलम्बित इन्स्पेक्टर शाही अहिले फरार छिन् ।

साथै, उक्त घटनामा तानिएका प्रहरी उपरीक्षक कमल थापालाई भने प्रतिवादी बनाइएको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी उपरीक्षक थापालाई प्रतिवादी नबनाइएपनि बयान भने लिइएको छ । बयानको क्रममा उनले आरोप अस्वीकार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश