१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

परासी - PRS

चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी

१० मंसिर २०८१, सोमबार १७:२९

नवलपुर | पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ स्थित चौधरी ग्रुप उद्योग ग्रामको मुख्य गेटमा स्थानीयले तालाबन्दी गरेका छन्। उद्योगबाट उत्पन्न धुलो र प्रदूषणले आजित बनेका स्थानीयले सोमबार विरोधस्वरूप उद्योग गेटमा तालाबन्दी गरेका हुन्।

संघर्ष समितिका संयोजक ठाकुर प्रसाद शर्माका अनुसार विगत पाँच दिनदेखि विभिन्न चरणका आन्दोलन गरेका भए पनि उद्योग प्रशासनले चासो नदेखाएको कारण तालाबन्दी गर्न बाध्य भएका छन्।

स्थानीयले प्रदूषण नियन्त्रणका लागि वर्षौंदेखि माग राख्दै आए पनि उद्योग प्रशासनले सम्झौता गरेर कार्यान्वयन नगरेको र समस्याहरू झन् बढ्दै गएको बताएका छन्। उनीहरूले माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

मुख्य गेटमा प्रदर्शन गर्दै स्थानीयले “कालो खरानी उडाउन बन्द गर,” “जल प्रदूषण बन्द गर,” “स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर,” र “जनताको स्वास्थ्यमाथि खेलबाड गर्न बन्द गर” भन्ने नाराबाजी गरेका थिए।

संघर्ष समितिले आठबुँदे माग अघि सार्दै आन्दोलन सुरु गरेको छ। उनीहरूले प्रदूषण नियन्त्रणका ठोस कदम चाल्न र जनताको स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारी पूरा गर्न उद्योग प्रशासनलाई दबाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु