२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने

१० मंसिर २०८१, सोमबार १७:५७

काठमाडौँ | सहकारी ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने भएको छ। पोखरामा बयान सकिएपछि थप अनुसन्धानका लागि उनलाई काठमाडौँ ल्याउन लागिएको हो।

रवि लामिछानेको सचिवालयका अनुसार उनलाई ल्याउनका लागि बुद्ध एयरको भोलि बिहान ८:३० बजेको उडानको टिकट बुकिङ गरिएको छ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनलाई बयानका लागि ल्याउने तयारी भएको छ। बयानपछि फेरि पोखरा फर्काउने योजना रहेको बताइएको छ।

रवि लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ गरिएको थियो। सहकारी ठगीका दुईवटा फरक मुद्दामा भइरहेको अनुसन्धानका क्रममा उनलाई विभिन्न अदालत र स्थानमा बयानका लागि पेश गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य