११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ

११ मंसिर २०८१, मंगलवार १२:२७

काठमाडौं | घरेलु हिंसाको मुद्दामा न्याय खोज्दै सर्वोच्च अदालतसम्म पुगेकी बिनु यादवले मंगलबार सर्वोच्च अदालतको गेटको बोर्डमा कालो मसी छर्किएकी छिन्। बिहान साढे ११ बजे उनले सर्वोच्चको बोर्डमा कालो मसी छर्किएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रामेछाप मन्थली निवासी प्रदीप कठायतले बिनुसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। यसअघि अदालतले सम्बन्ध विच्छेदको फैसला सुनाएपछि बिनुले अदालत परिसरमै विष सेवन गर्ने प्रयास गरेकी थिइन्।

बिनुले घरेलु हिंसा र अन्यायपूर्ण व्यवहारको आरोप लगाउँदै अदालतलाई समेत प्रश्न गर्दै आएकी छन्। उनले जिल्ला अदालत रामेछापमा प्रदीपका काका पवन कठायतविरुद्ध बलात्कारको प्रयासको मुद्दा दर्ता गरेकी थिइन्। जिल्ला अदालतले कठायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
प्रदीपसँग प्रेम सम्बन्ध भएपछि विवाह गरी मन्थली पुगेकी बिनुले आफूमाथि घरेलु हिंसा भएको बताउँदै आएकी छिन्। बिनुको मुद्दा हाल सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र महेश शर्मा पौडेलको इजलासमा विचाराधीन छ।
बिनुले आफूले न्याय नपाएको र न्यायालयका केही न्यायाधीशले पैसाको प्रभावमा फैसला गरेको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा आज मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? लाइन विस्तारका लागि काठमाडौंको यी स्थानमा आज बिजुली कटौती हुने रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित