काठमाडौं | दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङले एनपीएल नखेल्ने भएपछि चितवनलाई धक्का लागेको छ।
चितवन राइजनोजमा अनुबन्ध भएका उनी चोटका कारण खेलमा उपस्थिति हुन नसक्ने चितवन राइनजोले जानकारी दिएको हो।
प्रशिक्षणको क्रममा उनलाई खुट्टाको मांसपेशीमा चोट लागेको हो। चोट निको हुन तीनदेखि चार साता लाग्ने बताइएको छ। चितवनका मार्की खेलाडीको रुपमा कुशल्ल मल्ल रहेका छन्।
चितवनले उनको स्थानमा नयाँ खेलाडी ल्याउने जनाएको छ। सोमबार विज्ञप्ति जारी गरेर मर्चेन्टजस्तै वा अझ राम्रो खेलाडी अनुबन्धन गर्ने बताएको छ।
पहिलो संस्करणकको नेपाल प्रिमियर लिग आउँदो शनिबारबाट सुरु हुँदै छ। कूल ८ टोलीले त्रिवि क्रिकेट मैदानमा खेल्ने छन्।