२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सरकारी जागिर नभएको भन्दै मण्डपबाटै बिहे अस्वीकार, १ लाख २० हजारको तलब स्लिप देखाँउदा पनि बिहे रद्द

११ मंसिर २०८१, मंगलवार १५:५१

काठमाडौँ | भारतको उत्तर प्रदेशमा एक अनौठो घटना सार्वजनिक भएको छ, जहाँ केटाको सरकारी जागिर नभएको थाहा पाएपछि दुलहीले मण्डपमै बिहे अस्वीकार गरेकी छन्। बेहुला पक्षका जन्तीहरू रित्तै हात फर्कनुपरेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार समारोह सुरु भइसकेको थियो, र मण्डपमा बेहुला र बेहुलीले वरमाला साटासाट गरिसकेका थिए। तर, विवाह चल्दै गर्दा कसैले केटाको जागिरबारे सोध्यो। उनका बुवाले छोरा सिभिल इन्जिनियर भएको बताए ।

त्यसपछि युवतीले बिहे अस्वीकार गरिन् । दुलहीको यो निर्णयपछि दुबै पक्षका मानिसहरूले उनलाई सम्झाउने प्रयास गरे। दुवै पक्षले सम्झाउने प्रयास गरे पनि सफल हुन सकेन । केटी तयार भइनन् ।

बेहुलाका बुवाले छोरा निजी कम्पनीमा सिभिल इन्जिनियर भएको र मासिक १ लाख २० हजार तलब हुने बताए । केटीलाई मनाउन केटाले आफ्नो तलब स्लिप मगाएर पनि देखाए । तर, दुलहीले आफ्नो अडान नछोडी बिहे गर्न इन्कार गरिन्।

अन्ततः दुलहीको जिद्दीका कारण दुलाहा पक्ष विवाहको खर्च बराबर गर्ने सहमतिसहित रित्तै फर्किए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ