२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ

२०८१, १२ मंसिर बुधबार १५:३१

काठमाडौँ | सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरुद्ध दायर अदालत अवहेलनासम्बन्धी निवेदनलाई गम्भीरतापूर्वक लिँदै सार्वजनिक भाषणका क्लिपसहितका विवरण पेस गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै निवेदकलाई आवश्यक सम्पूर्ण कागजात र भिडियो क्लिपसहितका प्रमाण पेस गर्न निर्देशन दिएको हो। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना मुद्दामा संयुक्त इजलासले सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो ।

अदालतको आदेशमा भनिएको छ, “निवेदकको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय अनुपम भट्टराई तथा उपेन्द्र रावतले गर्नुभएको बहस सुनियो, निवेदकले निवेदनसाथ पेस गरेको कागजातको पूर्णपाठ तथा भिडियो क्लिप तथा सो भिडियोलाई लिपिबद्ध गरी निवेदकबाट यथाशीघ्र पेस गर्न लगाई नियमानुसार पेस गर्नुहोला ।’ ”

सर्वोच्च अदालतले भिडियो सामग्रीको लिपिबद्ध प्रतिलिपि समेत माग गरेकाले यो मुद्दालाई गम्भीरताका साथ हेरिएको स्पष्ट हुन्छ।

उक्त अदालत अवहेलनासम्बन्धी निवेदनमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा चर्किएको आन्दोलनले अदालतको जनआस्थामा असर पुर्‍याउने गतिविधि भएको आरोप लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा