काठमाडौँ | सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
उनलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले खारेज गरिदिएको छ ।
बुधबार न्यायाधीशद्वय पौगेल र पाण्डेयको इजलाशले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको रिट खारेज गरेको हो । निराजनले गृह मन्त्रालय समेतलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।