2026-09-12 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाराका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी सात महिनापछि पक्राउ

बारा | रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी सुरेन्द्रप्रसाद कुशवाहालाई प्रहरीले सात महिनापछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाराले बिहीबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो।

गत ३२ जेठमा बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा कुशवाहामाथि गोली प्रहार भएको थियो। प्रारम्भिक अनुसन्धानका अनुसार, जग्गासम्बन्धी विवादका कारण सुरेन्द्रले गोली हानेको खुलासा भएको छ। गम्भीर घाइते अवस्थामा बयोधा अस्पताल, वीरगञ्जमा उपचारका क्रममा कुशवाहाको मृत्यु भएको थियो। मृत्यु हुनु अघि कुशवाहाले आफूमाथि सुरेन्द्रले गोली प्रहार गरेको बताएका थिए।

प्रहरीका अनुसार, मुख्य आरोपी सुरेन्द्र कुशवाहा नेपाली सेनाका भगौडा हुन्। २०६० सालमा सेना भर्ना भएका उनी २०७० सालमा जागिर छाडेर भागेका थिए। त्यसपछि उनले गाउँमा ऋण लगानी गर्ने, ऋण असुली गरिदिने, डरधम्की दिने र पंचायती गराउने जस्ता अवैध गतिविधि गर्दै आएका थिए।

घटनामा प्रयोग भएका दुईवटा पेस्तोल, सात राउण्ड गोली, चारवटा मोटरसाइकल, चारवटा मोबाइल, दुईवटा ल्यापटप, र सातवटा सिमकार्ड प्रहरीले बरामद गरेको छ।

प्रहरीको अनुसन्धान अनुसार हत्या घटनामा १७ जनाको संलग्नता रहेको छ। सुरेन्द्रसहित चन्द्रमणि कुशवाहा, चाँदशीप्रसाद कुशवाहा, सुमेदकुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेस कुमार पटेललगायतलाई पक्राउ गरिएको थियो। तीमध्ये केही धरौटीमा छुटेका छन् भने आठजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

घटनापछि फरार भएका सुरेन्द्र भारतका विभिन्न स्थानमा लुकेर बसेका थिए। प्रहरीले मोरङबाट उनलाई पक्राउ गरी बारामा ल्याएको हो। सुरेन्द्रमाथि ज्यान मुद्दा र हातहतियार खरखजना सम्बन्धी कसुरमा कानूनी प्रक्रिया अगाडि बढाइएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।

प्रहरीले हत्या घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ। कुशवाहा हत्याकाण्डले बाराका स्थानीय क्षेत्र र शैक्षिक क्षेत्रलाई स्तब्ध बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस