९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

स्वामीकार्तिक खापरमा आफ्नो उम्मेदवारले एमालेको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद!

१३ मंसिर २०८१, बिहीबार १३:४१

काठमाडौँ | बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले गत मंसिर २ गते उम्मेदवारी दर्ता गरे पनि मंसिर ५ गते माओवादी केन्द्र र राप्रपाले उम्मेदवारी फिर्ता लिएको थियो।

माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विकले एमालेकी उम्मेदवार सुलोचना भण्डारीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद छ।

आफ्नो उम्मेदवारले एमाले उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादी बाजुरा जिल्ला संयोजक देवीचन्द्र बुढाले मंसिर ६ गते नै विज्ञप्ति निकालेर आपत्ति जनाएका थिए।

यसैबीच माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सुदूरपश्चिम प्रदेश ईन्चार्ज गिरिराजमणि पोखरेलले पत्र पठाएर एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई भोट हाल्न निर्देशन दिएका हुन्।

‘बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा हाम्रो पार्टीको गाउँपालिका समितिले एमालेको उम्मेदवारलाई भोट हाल्न निर्देशन गरेको र माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएकी राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिइ एमालेको चुनाव प्रचारमा सहभागी भएको र संयोजन समितिका सचिवसहित केही जिम्मेवार कार्यकर्ता एमालेको उम्मेदवारलाई समर्थन गरी प्रचारमा हिड्नु पार्टीको केन्द्रीय नीति विपरीत छ,’ पोखरेलले लेखेको पत्रमा उल्लेख छ।

उनले समाजवादी मोर्चालाई बलियो बनाउने नीतिअनुसार समाजवादीका उम्मेदवारलाई भोट हाल्न निर्देशन दिएका हुन्।

माओवादीकी उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुअघि पार्टी गाउँपालिका कमिटी र एमाले गाउँपालिका कमिटीबीच छलफल गरेकी थिइन् भने गठबन्धन गरेर जाने सहमति बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो