2026-07-24 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी खुम्चिनुको कारण यस्तो पो रहेछ !

असार १९, काठमाडौं । पहिलो चरणमा १० नगरपालिका जितेको माओवादीले दोस्रो चरणको मत परिणाम सार्वजनिक भइरहँदा तीनवटा नगरपालिकाबाहेक अन्यमा जित हासिल गर्न सकेको छैन । 

निर्वाचनबाट पहिलो पार्टी बन्ने दाबी नगरे पनि प्रतिस्पर्धी कांग्रेस-एमालेकै हाराहारीमा ‘स्ट्रोङ थर्ड’ (बलियो तेस्रो शक्ति) हुने आकलन माओवादी केन्द्रको थियो । तर, माओवादीले यसपटक आफ्नै बलियो आधार इलाका मानिएको रोल्पाकै पनि तीनवटा तह गुमाएको छ । 

रोल्पाको दुई तह एमाले र एउटा कांग्रेसले माओवादीको पोल्टाबाट खोस्न सफल भएका छन् । दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म जितेको नगरपालिकामध्ये एउटा रोल्पा नगरपालिका, अर्को बर्दियाको बाह्रबर्दिया नगरपालिका तथा तेस्रो अर्घाखाँचीको भूमिकास्थान नगरपालिका मात्रै हो । निर्वाचन तथ्यांक विश्लेषण गर्ने हो भने माओवादीले दोस्रो संविधानसभा निर्वाचनभन्दा केही हदसम्म मत प्रतिशत बढाएको छ । तर, जितेको परिणाम हेर्ने हो भने सहरमा होइन, गाउँमै माओवादी खुम्चन पुगेको छ ।

पछिल्लो मतपरिणाममा प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर ५ मा १६ र प्रदेश नम्बर ७ मा ४ तह माओवादीले जितेको छ । ७० को संविधानसभा निर्वाचनमा १ नम्बर प्रदेशका १४ जिल्लाका ४४ निर्वाचन क्षेत्रमध्ये उसले एक स्थानमा मात्र जितेको थियो । एमालेले २३, कांग्रेसले १७ क्षेत्रमा निर्वाचन जितेका थिए । 

त्यस्तै, प्रदेश नम्बर ५ का १२ जिल्लाका ४१ निर्वाचन क्षेत्रमध्ये माओवादीले ६ स्थानमा चुनाव जितेको थियो । यो प्रदेशभित्रका निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १७, एमालेले १३ स्थानमा जितेको थियो । प्रदेश नम्बर ७ का ९ जिल्लाका २१ निर्वाचन क्षेत्रमध्ये १ स्थानमा मात्र माओवादीले जितेको थियो । त्यहाँका ९ क्षेत्रमा कांग्रेस, ९ क्षेत्रमा एमाले र अन्य क्षेत्र अन्य पार्टीले जितेका थिए ।

पार्टी विभाजित अवस्थामा परिणाम आफ्नो पक्षमा नआएको निष्कर्ष निकालेको माओवादीले आफ्नो छवि सुध्रेको, शीर्ष नेतृत्व सबै ठाउँ पुगेको दाबीका साथ यसपटकको निर्वाचनमा कांग्रेस-एमाले सरहकै प्रतिस्पर्धी पार्टी बन्ने उद्घोष गरेको थियो । 

‘हाम्रो दाबी तेस्रो स्थानमै भए पनि कांग्रेस-एमालेकै प्रतिस्पर्धीका रूपमा आउने खालको थियो’, माओवादी केन्द्रका हेडक्वार्टर सदस्य अग्निप्रसाद सापकोटाले भन्नुभयो, ‘तर अपेक्षित परिणाम आएन ।’ दोस्रो चरणमा निर्वाचन भएका कुल ३३४ स्थानीय तहमध्ये माओवादी केन्द्रले ३० स्थानीय तहमा तालमेल गरी निर्वाचन लडेको थियो ।

अधिकांश स्थानमा कांग्रेससँग तालमेल गरी निर्वाचन लड्दासम्म सहरमा माओवादीले जित्न सकेन । सहरमा पार्टीले नजित्नुमा सत्ता समीकरणका पक्षमा फैलाइएको भ्रम प्रमुख कारण ठान्छन्, माओवादी केन्द्रीय नेताहरू । ‘धेरै भ्रम थिए, हाम्राविरुद्ध । सत्ता समीकरण बदलिएपछि भ्रम फैलाइएका थिए । 

राष्ट्रियताको मुद्दा उचालिएको थियो, हामीले गर्न खोजेका काम रिजल्टमा आउने तर भ्रम चिर्न असफल हुनाले पनि सहरमा माओवादीले जितेन’, माओवादी नेता सापकोटाले भन्नुभयो । 

तर, चुनावी विश्लेषक माओवादी नेताको त्यस्तो पुष्ट्याइँसँग सहमत देखिँदैनन् । माओवादीले संगठन मजबुत बनाउन, पार्टी एजेन्डा र आफूले सरकारमा रहँदा गरेका कामको व्यवस्थित प्रचार गर्न नसक्दा माओवादीले निर्वाचन जित्न नसकेको विश्लेषकको भनाइ छ ।

माओवादीका लागि अहिलेको परिणाम अनौठो र आत्तिनुपर्ने खालको छैन’, विश्लेषक तथा सांसद श्याम श्रेष्ठले भन्नुभयो, ‘संगठन मजबुत पार्न नसक्नु, एजेन्डालाई प्रचार गर्न नसक्नु, कमजोर बन्दै जाँदा पनि नेतृत्वले संगठन निर्माणमा ध्यान पुर्‍याउन नसक्नुले माओवादी निर्वाचन हारेको हो ।’

विश्लेषक हरि रोक्का माओवादीले अझै पार्टी संगठनलाई रूपान्तरण गर्न नसकेको बताउनुहुन्छ । आन्दोलनबाट आएको पार्टीले आफ्नो सांगठनिक जालोलाई जनस्तरमा फिँजाउने गरी रूपान्तरण गर्न नसक्दा निर्वाचनमा माओवादीले नजितेको रोक्काको विश्लेषण छ ।

‘कांग्रेस-माओवादी आन्दोलनबाट आएका पार्टी हुन् तर एमाले आन्दोलनबाट भन्दा पनि संगठन बनाएर आएको पार्टी हो । 

निर्वाचन जित्नका लागि संगठन चाहिन्छ । त्यो एमालेसँग थियो, उसले निर्वाचन परिणाम आफ्नो पक्षमा बनायो’, रोक्काले भन्नुभयो, ‘माओवादी-कांग्रेसले आफूलाई रूपान्तरण गर्न सकेनन्, परिणाम त्यहीअनुसार आयो।’  -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक