२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीन भ्रमण अघि पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया: बीआरआईबारे विवाद अनावश्यक

२०८१, १५ मंसिर शनिबार १४:१८

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल शनिबार चीन प्रस्थान गरेका छन् । नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा.शंकर खतिवडा पनि चीन भ्रमणमा गएका छन् ।

चीन प्रस्थान हुनुपूर्व सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा नेपालको विकास र निर्माणका अनेकौ सहयोगहरु आवश्यक रहेको बताए । उनले बीआरआई चीनले अगाडि सारेको र यस बारेमा नेपालमा भइरहेको विवाद अनावश्यक भएको प्रतिक्रिया दिए ।

साथै मित्र राष्ट्र चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स–२०२४ को आठौँ श्रृंखलामा सहभागी हुन साताव्यापी भ्रमणको क्रममा नेता खनालले डिसेम्बर १ मा बेइजिङमा चिनियाँ उच्चस्तरीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

बेइजिङको उच्चस्तरीय राजनीतिक भेटघाट सकेर नेता खनाल चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फॉरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा सहभागि हुन ग्वाङ्झाउ जाने कार्यक्रम रहेको छ । साताव्यापी भ्रमण सकेर नेता खनाल डिसेम्बर ७ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा