२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

विदेसबाट रेमिट्यान्स पठाएर एक करोड जितेकी प्रमिलालाई चेक हस्तान्तरण

२०८१, १६ मंसिर आईतवार ०८:४६

टोकियो । ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाबाट जापानकि प्रमिलाले एक करोड रकम राशी जितेकी थिइन् । प्रमिलालाई सनिबार जापानको टोकियो स्थित नाकानो सिकिनो मोरी पार्कमा आयोजित नेपाल फेस्टिवलको अवसरमा एक करोडको चेक हस्तान्तरण गरिएको हो ।

बिजेता प्रमिलालाई कार्यक्रमको अवसरमा जापानका लागि नेपाली राजदुत दुर्गा बहादुर सुवेदी, आईएमई लिमिटेडका तर्फबाटशुसिल थापा र क्योदाई जापानका युचिरो किमोतो तथा कसिको कानीमोतो किमोतोले एक करोडको चेक हस्तान्तरण गरे । आईएमईले बिदेसबाट आईएमई मार्फत रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने उदेश्यले एक बर्ष अघिदेखि आइएमई मार्फत रकम पठाउनेलाई एक करोड प्रदान गर्ने घोषणा गरेको थियो । यसका साथै हर्क महिना १/१ जनाले एक लाख राशिको नगद उपहार जित्दै आएका थिए ।

रोकायाले जापानको क्योदाइबाट आइएमईमार्फत नेपालमा रकम पठाएकी थिइन् । आइएमईले गत वर्षको दशैँ अगाडि प्रारम्भ गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत रोकाया भाग्यशाली सेवाग्राही छनोट भएकी थिईन् ।

एक करोड जितेर आइएमई मार्फत चेक प्राप्त गरेको खुसियालीमा बिजेता प्रमिलाले जितेको पैसाले घर बनाउने बताएकी छन् । प्रमिलाले भनिन् ‘रेमिट्यान्स गर्दा भाग्य चम्कियो, अब घर बनाएर बा-आमालाई राख्छु ।’

आईएमई गरि आईएमई पे वालेट, बैंक खातामा रकम जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी थिए । विदेसमा रहेका नेपालीहरुलाई बैधानिक च्यानलबाट मात्र रकम पठाउन प्रोत्साहन गर्ने उदेश्यले आईएमईले यस्तो स्किम सार्वजनिक गरेको जनाएको छ । आइएमई लिमिटेडमा अध्यक्ष हेमराज ढकालले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिट्यान्सबाट रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्दमशीलतामा लगाउन प्रोत्साहन गर्ने उदेश्यले प्रत्यक वर्ष आईएमईले बिभिन्न क्याम्पियनहरु संचालन गर्दै आएको बताएका छन् ।

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी दिगो अर्थतन्त्रको आधार निर्माण गर्न देश विदेशमा काम गरी रकम कमाउने जनशक्ति, रेमिट्यान्स प्राप्त गर्ने घर परिवार, समुदाय र नीति निर्माण तहको समेत ध्यान केन्द्रित गर्न आईएमईले यो वर्ष ‘आईएमई गरौँ’ अद्दमी बनौं’ योजना मार्फत आव्हान गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ