२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन गाउँपालिकामा पूर्वजनसेना कमान्डर विजयी

२०७४, १९ असार सोमबार ०३:३९

असार १९, काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचनमा रोल्पाका विभिन्न तहबाट उम्मेद्वारी दिएका पूर्व जनसेनाका कमान्डरहरु तीन गाउँपालिकाका अध्यक्षमा विजयी भएका छन् । 

गाउँपालिका अध्यक्षका साथै उपाध्यक्ष र वडाध्यक्षमा समेत पूर्व कमान्डरहरु विजयी भएका हुन् । माओवादी केन्द्रका तर्फबाट सुवर्णावती गाउँपालिकामा पूर्व ब्रिगेड कमिसार रहेका गुनेन्द्र घर्ती ‘विज्ञान’ गाउँपालिका प्रमुखमा विजयी भएका छन् ।

पार्टीको आन्तरिक पंक्तिमा समेत आकांक्षी धेरै देखिएपछि पार्टीभित्रै निर्वाचन जितेर उम्मेद्वारी दिएका गुनेन्द्रले गाउँपालिकामा जित हासिल गरेका हुन् ।

पूर्व ब्रिगेड कमान्डर रहेका वीरबहादुर घर्ती ‘वियोग’ थवाङ गाउँपालिका प्रमुखमा विजयी भएका छन् । कांग्रेसको गठबन्धनलाई छिचोल्दै वियोग विजयी भएका हुन् । नेकपाको गढको रुपमा चिनिने थवाङमा माओवादी केन्द्रका तर्फबाट वियोगले नेकपाका अमित घर्तीमगरसँग प्रतिस्पर्धा गरेका थिए ।

त्यसैगरी, सुकिदह गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका पूर्वबटालियन कमान्डर वीरबहादुर खत्री ‘अपराजय’ विजयी भएका छन् ।

माओवादी केन्द्रका खरा व्यक्तिका रुपमा चिनिने अपराजय आस्थाकै आधारमा १२ वर्ष जेलजीवनसमेत विताएका व्यक्ति हुन् । कडा स्वभावका भएपनि जनताका माझ उनी लोकप्रिय नेताका रुपमा रहेका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो