२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले पार्टी कार्यालय जग्गा विवाद: हेर्न नभ्याउने हुँदै सुनुवाइ फेरि स्थगित

१६ मंसिर २०८१, आईतवार १६:०४

काठमाडौँ  | नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गासम्बन्धी विवादको मुद्दा आज पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि तोकिएको पेसी फेरि स्थगित भएको हो।

यसअघि पनि यो मुद्दामा मंसिर २, ४, ७, १०, र आज मंसिर १६ गते सुनुवाइ स्थगित भएको थियो। यो विवाद २०८१ कात्तिक १२ गते सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चर्चामा आएको हो।

व्यवसायी गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि असोज २५ गते दान गरेका थिए। सोही दिन प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङ दम्पतीले संयुक्त रूपमा कार्यालय भवनको शिलान्यास गरेका थिए।

तर, अधिवक्ता ज्ञानबहादुर बस्नेतले उक्त निर्णयलाई चुनौती दिँदै रिट दायर गरेका थिए। उनले एमालेलाई जग्गा दान दिने निर्णय खारेज गर्न माग गर्दै अल्पकालीन अन्तरिम आदेशमार्फत रोक लगाउन आग्रह गरेका थिए।

सुरुमा सर्वोच्च अदालतको प्रशासनले यो रिट दर्ता गर्न अस्वीकार गरेको थियो। तर, न्यायाधीश तिलप्रसाद श्रेष्ठको आदेशपछि रिट दर्ता गरिएको थियो। रिट दर्ता भएलगत्तै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो।

यता, यो विवादको सुनुवाइका लागि पटक–पटक पेसी तोकिए पनि हालसम्म सुनुवाइ हुन सकेको छैन। स्थगित हुने क्रमले यस मुद्दाको छिनोफानो कहिले हुनेछ भन्ने अनिश्चितता थपेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता