२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपनिर्वाचन : मतगणना अन्तिम चरणमा, कसले कहाँ जिते ? (सूचीसहित)

१७ मंसिर २०८१, सोमबार १२:३१

काठमाडौँ | स्थानीय तहका विभिन्न ४२ रिक्त पदका लागि सम्पन्न उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। हालसम्म ३७ पदको परिणाम सार्वजनिक भइसकेको छ।

राजनीतिक दलहरूमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी १६ वडाध्यक्ष पद जित्दै अग्रता कायम गरेको छ। कांग्रेसले जितेका १९ वडाध्यक्ष पद रिक्त भएका थिए। यद्यपि, कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, र एक उपमेयर पद गुमाएको छ।

त्यस्तै, नेकपा एमालेले एक अध्यक्ष र एक उपाध्यक्ष थप्दै ५ वडाध्यक्ष पद जितेको छ। माओवादी केन्द्रले एक अध्यक्ष र एक उपमेयरसहित ६ वडाध्यक्ष जितेको छ। माओवादीले जितेका ७ वडाध्यक्ष पद र एमालेले जितेका ६ वडाध्यक्ष पद रिक्त भएका थिए।

यसका अतिरिक्त, जनता समाजवादी पार्टी (जसपा) नेपालले २ वडाध्यक्ष पद जितेको छ भने नेकपा एस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), र नेपाल मजदूर किसान पार्टीले एक-एक वडाध्यक्ष पद जितेका छन्। स्वतन्त्र उम्मेदवारले पनि एक वडाध्यक्ष पद जितेका छन्।

हाल कीर्तिपुर नगरपालिकाको मेयर, गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष, र बेलका नगरपालिकाको वडाध्यक्षको मत परिणाम आउन बाँकी छ।

कांग्रेसले जितेका वडा
वडाध्यक्ष १६

लालिगुरास ८ तेह्रथुमः नगेन्द्र लिम्बु कांग्रेस

गढी ६ सुनसरी, तेतर साहु (यसअघि एमाले जितेको)

ईशनाथ नपा ७, शेख अब्दुल खलिक (यसअघि एमाले जितेको)

राजपुर ६ रौतहट, समसे आलम

कीर्तिपुर १ काठमाडौं,इच्छा महर्जन

कीर्तिपुर ४ काठमाडौं, राजेन्द्र बानियाँ (यसअघि स्वतन्त्र जितेको)

हटौंडा १२ मकवानपुर, अर्जुन प्रसाद तिवारी (यसअघि माओवादी जितेको)

मुसिकोट १ गुल्मी , आनन्द श्रेष्ठ

रुन्टीगढी ४ रोल्पा, भुपमणी पुन मगर

ठाकुराबाबा ४ बर्दिया,अमिन थारु

सानीभेरी ५ रुकुम पश्चिम,मोतिराम खत्री (यसअघि माओवादी जितेको

कुशे ७ जाजरकोट, खम्बवहादुर सिंह (यसअघि माओवादी जितेको)

सुर्मा ४ बझाङ, धिरेन्द्र पुजारा (यसअघि एमाले जितेको)

पुर्वी चौकी ६ डोटी, मोहन थापा

दुहुँ ५ दार्चुला, धनसिंह कुँवर (यसअघि माओवादी जितेको)

भीमदत्त ६ कन्चनपुर, प्रकाश चन्द

एमालेले जितेका स्थान
अध्यक्ष १

महाबु गाउँपालिका दैलेख, जंगवहादुर शाही (यसअघि कांग्रेस जितेको)

उपाध्यक्षः१

स्वामीकार्तिक खापर बाजुरा,सुलोचना बुढा (यसअघि कांग्रेस जितेको)

वडाध्यक्ष ५

सिरीजङ्घा ३ ताप्लेजुङ,कुमारी सावादेन (यसअघि कांग्रेस जितेको)

मोलुङ ५ ओखलढुंगा, गंगाबहादुर तामाङ (यसअघि कांग्रेस जितेको )

रामगोपालपुर २ महोत्तरी, सकिबुल खाँ (यसअघि माओवादी जितेको)

शुद्धोदन १ कपिलवस्तु, मोहमद ताहिर (यसअघि कांग्रेस जितेको)

दुल्लु १३ दैलेख, लालवहादुर शाही

माओवादी केन्द्रले जितेका स्थान
अध्यक्ष १

ग्रामथान मोरङ, नमोनारायण माझी (यसअघि कांग्रेस जितेको)

उपमेयर १

नलगाढ जजारकोट, देवका लामिछाने (यसअघि कांग्रेस जितेको)

वडाध्यक्ष ६

त्रियुगा १२ उदयपुर, नविन राई (यसअघि कांग्रेस जितेको)

धनुषाधाम १,धनुष सुनिल कुमार केवट (यसअघि कांग्रेस जितेको)

ककनी २ नुवाकोट, कृष्ण घिमिरे (यसअघि कांग्रेस जितेको)

गोरखा ५ गोरखा, बिष्णुवहादुर मगर (यसअघि एमाले जितेको)

त्रिपुरासुन्दरी ५ डोल्पा, नरवहादुर झाक्री (यसअघि एमाले जितेको)

पुथा उत्तरगंगा २ रुकुमपूर्व, जगत घर्ती

जसपा नेपालले जितेका वडा
वडाध्यक्ष २

डाक्नेश्वरी १ सप्तरी, धरेन्द्रकुमार साह

डाक्नेश्वरी ४ सप्तरी, देवेन्द्र प्रसाद यादव,जसपा नेपाल

नेकपा एस
वडाध्यक्ष १

गढीमाइ नपा रौतहट, बजरंगी प्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी १
काठमाडौं १६: रोजिना श्रेष्ठ (यसअघि कांग्रेस जितेको)

नेमकिपा १

वडाध्यक्ष

तिलगुफा ४ कालिकोट,खड्गराज शाही (यसअघि माओवादी जितेको

स्वतन्त्रः
कन्काइ ६ झापा, लक्ष्मीप्रसाद ओली,स्वतन्त्र (यसअघि एमालेले जितेको)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने