२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उपनिर्वाचनमा कांग्रेसको अग्रता, यस्तो छ पछिल्लो परिणाम

२०८१, १७ मंसिर सोमबार १३:५६

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन् ।

सोमबार बिहान सम्पन्न मतगणनाको पछिल्लो परिणामअनुसार बानियाँ ७४२ मत प्राप्त गरी विजयी भएका हुन् ।

बानियाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले ४९५ भोट पाइन् । यस्तै, माओवादीका नारायण विष्टले २८७ मत प्राप्त गर्दा एमालेका बद्री बुढाथोकीले १५४ मत पाए ।

यसैगरी कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । उनले ५ सय ६२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

निर्वाचन आयोगले आइतबार भएको उपनिर्वाचनको हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ । पछिल्लो परिणामअनुसार हालसम्म कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ भने हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको नेकपा (एमाले) तेस्रो स्थानमा छ ।

कहाँ–कहाँ जित्यो काँग्रेसले?

नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका–८ तेह्रथुम
तेतर साहु, गढी गाउँपालिका–६ सुनसरी
शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका–७ रौतहट
समसे आलम, राजपुर नगरपालिका–६ रौतहट
इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका–१
राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका–४
अर्जुनप्रसाद तिवारी, हेटौंडा–१२, मकवानपुर
आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट–१
भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका–४ रोल्पा
अमिन थारु, ठाकुरबाबा नगरपालिका–४ बर्दिया
खम्बबहादुर सिंह, कुशे गाउँपालिका–७ जाजरकोट
मोतिराम खत्री, सानीभेरी गाउँपालिका–५ रुकुमपश्चिम
धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका–४ बझाङ
मोहन थापा, पुर्वीचौकी गाउँपालिका–६ डोटी
धनसिंह कुँवर, दुहु गाउँपालिका–५ दार्चुला
प्रकाश चन्द, भीमदत्त नगरपालिका–६ कञ्चनपुर

कहाँ–कहाँ जित्यो एमालेले?
कुमारी सावादेन, सिरिजंघा–३ ताप्लेजुङ
गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा
सकिबुल खाँ, रामगोपालपुर नगरपालिका–२ महोत्तरी
मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका–१ कपिलवस्तु
लालबहादुर शाही, दुल्लु नगरपालिका–१३ दैलेख
जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

कहाँ–कहाँ जित्यो माओवादी केन्द्रले ?
नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका–१२ उदयपुर
सुनिल कापर केवट, धनुषाधाम नगरपालिका–१ धनुषा
कृष्ण घिमिरे, ककनी गाउँपालिका–२ नुवाकोट
विष्णुबहादुर मगर, गोरखा नगरपालिका–५ गोरखा
जगत घर्ती, पुथा उत्तरगंगा–२ रोल्पा
नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका–५ डोल्पा
कहाँ–कहाँ जित्यो जसपाले ?
धिरेन्द्रकुमार साह, डाक्नेश्वरी–१, सप्तरी
देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी–४, सप्तरी
राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको ठाउँ
रोजिना श्रेष्ठ, काठमाडौं–१६
एकीकृत समाजवादीले जितेको ठाउँ
बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका–८ रौतहट
नेमकिपाले जितेको ठाउँ
खड्गराज शाही, तिलागुफा नगरपालिका–४ कालिकोट
स्वतन्त्रलले जितेको ठाउँ
लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका–६ झापा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला