८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई भेट्न नपाएपछि पार्टी कार्यालय फर्किइन् रास्वपाकी नवनिर्वाचित वडाध्यक्ष रोजिना

१७ मंसिर २०८१, सोमबार १४:५४

काठमाडौँ | काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठ रास्वपाको पहिलो र हालसम्मकी एकमात्र वडाध्यक्ष बन्न सफल भएकी छन्।

रोजिनाले नेकपा एमाले, नेपाली कांग्रेसजस्ता परम्परागत दलहरूलाई पराजित गर्दै रास्वपाको झण्डा गाडेकी हुन्। समर्थकहरू र शुभचिन्तकहरूको बधाइ र शुभकामनाका बीच, रोजिनाले सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौँ पुगेर रविसँग भेट्न इच्छा व्यक्त गरिन्।

गत कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका रवि पनि संयोगवश काठमाडौँमै थिए। आफ्नो जितको खुसी सबैभन्दा पहिला आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सुनाउन चाहन्थिन् रोजिना तर, उनले सोचेजस्तो अवस्था भएन।
प्रहरीले रविलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराइसकेको थियो, र बयान भइरहेका बेला कोही पनि बाहिरी व्यक्तिलाई भेट्न अनुमति थिएन। डीएसपीले भेट्न नदिने बताएपछि, रोजिना पार्टी कार्यालय फर्किइन्।

रविलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सोधपुछ गरिरहेको प्रहरीका अनुसार, गत शुक्रबारदेखि सुरु भएको बयान सोमबार तेस्रो दिनमा पुगेको छ। बयान करिब अन्तिम चरणमा रहेको र सम्भवतः सोमबारभित्र सकिने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले बताए।

बयान पूरा भई रविलाई हिरासत फर्काइएपछि मात्र भेट्न पाइने जानकारी पाएका कारण रोजिनाले पछि आउने बताउँदै पार्टी कार्यालय फर्किएको रास्वपाका एक नेताले जानकारी दिए।

रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणका आरोपमा अनुसन्धान भइरहेको छ। यसअघि पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनको बयान भइसकेको छ। अब चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गरी मुद्दा चलाउने तयारी प्रहरीले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ सेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पुन पनि प्रतिवादी रविलाई सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख बिगो माग, छविलालको ७४ करोड जफत गर्न माग जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस्: गगन थापा फरार इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित नेपाल एयरलाइन्सको विमानमा अचेत अवस्थामा भेटिएका यात्रुको मृत्यु