चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ ।
उनलाई बुद्ध एयरको विमानमार्फत चितवन लगिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिए ।
सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो । यसबारे अनुसन्धानकको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो ।
हिजो जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लामिछानेको बयान सकिएको थियो । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार लामिछानेसँग ७४ वटा प्रश्न सोधिएको थियो । काठमाडौँमा बयान सकिएपछि उनलाई आज चितवन लगिएको हो |