८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी कार्यालय किन जाँदैनन् माओबादी नेता ?

२० असार २०७४, मंगलवार ०२:४५

असार २०, काठमाडौं । माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरू बैठक वा औपचारिक कार्यक्रमबाहेक केन्द्रीय कार्यालय टेक्दैनन् । 

केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएकाबाहेक अन्य नेता आक्कलझुक्कल मात्र कार्यालय पुग्छन् ।’शीर्ष नेताहरू पार्टी कार्यालय त्यत्ति आउनुहुन्न’, केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी पाएका एक नेताले भने, ‘आइहाले पनि बैठक वा केही कार्यक्रम पर्नै पर्छ।’

नेताहरू पार्टी कार्यालयभन्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाजिम्पाटस्थित निवासमा बाक्लै पुग्ने गरेका छन् । अध्यक्ष प्रचण्डले पनि कतिपय महत्वपूर्ण बैठक, कार्यक्रम निवासबाटै सञ्चालन गदै आएका छन् । प्रधानमन्त्री भएको नौ महिनाको अवधिमा पार्टी कार्यालयमा प्रचण्डको उपस्थिति न्यून देखिएको छ । उनी प्रधानमन्त्री पदबाट हटेपछि पनि नपुगेको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।

नेता नारायणकाजी श्रेष्ठ पनि कमै मात्र कार्यालय पुग्ने नेतामा पर्छन् । श्रेष्ठ पार्टी केन्द्रीय कार्यालयको बैठक र आफूले सम्हाल्दै आएको अन्तर्राष्ट्रिय विभागको बैठकका लागि मात्र कार्यालय पुग्ने गरेका छन् । अर्का नेता कृष्णबहादुर महरा तीन वर्षअघिसम्म नियमित कार्यालय जाने गर्दथे । अहिले उनी पनि जान छाडेका छन् । महरा मन्त्री बनेयता औपचारिक कार्यक्रमबाहेक अन्य बेला केन्द्रीय कार्यालय पुगेका छैनन् ।

देव गुरुङ, वर्षमान पुन, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेललगायत नेता पनि कमै मात्र कार्यालय जाने नेतामा पर्छन् । नेताहरुको न्यून उपस्थितिले पनि स्थानीय तह निर्वाचनमा आशा गरेअनुरुप परिणाम नआएको गुनासो कार्यकर्ताको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारदेखि राज्य सञ्चालनमा महत्वपूर्ण हिस्सा लिँदै आएको माओवादीका नेताले आमजनताको दैनिक कार्य र मुलुकको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न नसकेको केन्द्रीय सचिवालयस्तरकै एक नेता स्वीकार गर्छन्।

केही नेता भने नियमित कार्यालय पुग्छन् ।

 त्यस्ता नेतामा संगठन विभाग प्रमुख रामबहादुर थापा, प्रवक्ता पम्फा भुसाल र सचिवालय सदस्य विश्वभक्त दुलाललगायत छन् । सार्वजनिक कार्यक्रममा नदेखिने र प्रचारमा पनि आउन नरुचाउने स्वभावका कारण संगठन विभाग प्रमुख थापाले पार्टी कार्यालयमै समय दिँदै आएका हुन् । ‘बादल (थापा)जी नियमितजसो कार्यालय आउनुहुन्छ’, केन्द्रीय कार्यालयमा कार्यरत एक नेताले भने, ‘उहाँको जागिरेजस्तै रुटिन छ, काठमाडौंमा हुनुभएको बेला नियमित बिहान १०-११ बजे आउनुहुन्छ, ४-५ बजेसम्म पनि बस्नुहुन्छ।’

बस्नलाई कोठै छैन

माआवादी पार्टीहरूबीच गत वर्ष पार्टी एकता भए पनि केन्द्रीय कार्यालयमा शीर्ष नेताहरु बस्ने कोठासमेत व्यवस्थापन हुन सकेको छैन । 

कुन कोठामा कुन नेता बस्ने भन्ने अहिलेसम्म टुंगो नलागेको पाइएको छ । अध्यक्ष प्रचण्ड, प्रवक्ता पम्फा भुसाल र केन्द्रीय कार्यालयका मुख्य सचिव प्रल्लाद बुढाथोकीलाई मात्र कोठाको व्यवस्था गरिएको छ । 

नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, कृष्णबहादुर महरा, वर्षमान पुनलगायत नेताको ‘नेमप्लेट’ बनाइए पनि कोठा टुंगो नलागेका कारण थन्काएरै राखिएका छन्।

पार्टी एकताअघि श्रेष्ठ, महरा, पुनलगायत नेताका ‘नेमप्लेट’सहितका कोठा थिए । त्यसपछि भने उनीहरूको कोठाका नेमप्लेट पनि हटाइएको थियो । थापाले पार्टी छोडेर गएका नेता डा. बाबुराम भट्टराईले प्रयोग गरेको कोठा प्रयोग गर्न थालेका छन् । 

बस्ने कोठाको ठेगान नलागेका कारण पनि कार्यालय कमै मात्र पुगेको नेताहरु बताउँछन् । ‘नियमित जाने, बस्ने र भेटघाट गर्नका लागि कोठै छैन’, एक शीर्ष नेताले भने, ‘त्योभन्दा बाहिरै वा आफ्नै निवासमा भेटघाट गर्ने काम गरिरहेका छौं ।’-अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी