Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको लागि बाधक: मन्त्री गुरुङ

२०८१, १८ मंसिर मंगलवार १४:०५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको लागि  बाधकको रुपमा देखा परेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले समाजमा सद्भाव भत्काएर दुर्भाभवना फैलाउने प्रयत्न गरिराखेको भन्दै यसको रोकथाम जरुरी रहेको बताए ।

उनले भने,‘सामाजिक सञ्जाल कमसेकम मर्यादित बनाउनुपर्छ । व्यवस्थित बनाउनुपर्छ । सद्भाव भत्काएर दुर्भाभवना फैलाउने काम प्रयत्न गरिराखेको छ । यो चिज चाँही हाम्रो विकासको लागि बाधक छ । हाम्रो आईटी क्षेत्रको विकासकै लागि पनि यो बाधक छ । यसबाट पनि चुनौतीहरु बढेको छ । अपराधहरु बढेको छ । यसलाई रोकथाम गर्नुपर्छ ।’

उनले सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सँधै सकारात्मक रहेको बताए ।

उनले भने,‘सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सँधै सकारात्मक छ । तथापी नेपालको प्रचलीत कानुन ऐनको कार्यविधि विपरित गएर सञ्चालन हुन नदिने विषयमा समेत सरकार सचेत छ ।’

मन्त्री गुरुङले देशमा अहिले सामाजिक सञ्जाल अराजक बन्दै गइरहेको टिप्पणी गरे । सांस्कृतिक सह–अस्तित्वको नमुना देशलाई खलबल्याउने काम सामाजिक सञ्जालबाट भएको भन्दै यसको नियमन गर्न आवश्यक रहेको उनको भनाई छ ।

उनले भने,‘हाम्रो देशमा,समाजमा अहिले अराजक भनेकै सामाजिक सञ्जाल रहेको छ ।हामी भन्छौं नि दही जस्तै जमेको विभिधतामा एकता भएको बाँधिएर बसेको हाम्रो समाज भनेर । सांस्कृतिक सह–अस्तित्वको नमुना देश नेपाल तर आज सामाजिक सञ्जालको गलत प्रयोगले दहि जस्तो देशमा कागती निचोर्ने काम भएको छ । त्यसैले सामाजिक सञ्जालको नियमन एकदमै जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश