चितवन | चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज खबरदारी सभा आयोजना गरेको छ ।
पार्टी सभापति रवि लामिछानेलाई राता रात पोखरा लैजानु मानव अधिकारविरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा आज खबरदारी सभा आयोजना गरेको रास्वपाले जनाएको छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेलाई काठमाडौंबाट मंगलबार चितवन ल्याई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
रविलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको छ ।
सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।