२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार महिनामा यूएईमा १३० नेपालीले गुमाए ज्यान!

२०८१, २० मंसिर बिहीबार १४:५२

काठमाडौँ | चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा यूएईमा १३० जना नेपालीको मृत्यु भएको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार २०८१ साउनदेखि कात्तिकसम्मको चार महिनामा उनीहरूको मृत्यु भएको हो । दूतावासले उपलब्ध गरेको विवरणअनुसार २०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३ र कात्तिकमा ३५ नेपालीको मृत्यु यूएईमा भएको छ ।

पछिल्लो चार महिनामा प्रत्येक महिना औसतमा ३२ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको थियो ।

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटु सम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

‘नेपाल माइग्रेसन रिपोर्ट २०२२’ अनुसार २०७६ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको तीन वर्षको अवधिमा यूएईमा ४९६ जना नेपालीको मृत्यु भएको थियो ।

तीमध्ये ५८ जनाले आत्महत्या, १२ जनाको मृत्यु कार्यस्थल दुर्घटना, ५३ जनाको मृत्यु प्राकृतिक, २६ जनाको हृदयघातबाट मृत्यु भएको थियो । ५० जनाको मृत्यु मुटु सम्बन्धी रोग, ५२ जनाको मृत्यु सडक दुर्घटना, ५ जनाको मृत्यु कोभिड–१९ र २४० जनाको मृत्यु अन्य कारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन