४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

पूूर्व राज्य मन्त्री पराजित, देउवा पक्षको एकलौटी विजय

२४ माघ २०७२, आईतवार ०४:०९

सम्राट सिंह/ माघ २४, बझाङ । नेपाली काँग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेसनमा पूर्व राज्यमन्त्री सुरेश मल्ल महाधिवेसन प्रतिनिधिमा पराजित भएका छन । बझाङ जिल्लाको क्षेत्र नम्बर २ मा पनि देशभर जस्तै संस्थापन र देउवा पक्ष बिच निर्वाचन हुँदा एकलौटी देउवा पक्षको विजय भएको हो ।

निर्वाचनमा संस्थापन पक्षका सुरेश मल्ल देउवा पक्षका नरेश बहादुर सिंह सँग पराजित भएका हुन । निर्वाचनमा देउवा पक्षका कटक जप्रेल,रमेस भण्डारी,धन बहादुर बिष्ट,देवराज शर्मा,धन बहादुर सिंह, रतन नेपाली ( दलित) पार्वती जोशी,शान्ति महत ( महिला) र अपाङ्गबाट कवि गिरी विजय भएका छन भने क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतीमा संस्थापन पक्षका महेस बहादुर मल्ललाई पराजित गर्दै देउवा पक्षका धन बहादुर खडका विजय भएका नेपाली काँग्रेसका नेता भक्त राज जोशीले बताए ।

त्यस्तै क्षेत्र नम्बर १ मा भने सहमतीका आधारमा सभापती र महाधिवेसन प्रतिनिधि छनौट गरिएको छ । जसमा क्षेत्रीय सभापतीमा देउवा पक्षका भक्त राज जोशी,संस्थापन पक्षका २ जना चन्द्रा जोशी र चेतराज बजाल बाँकी १० जना देउवा पक्षका अर्जुन जंग बहादर सिंह,पृथ्वी बहादुर सिंह,जगत प्रसाद जोशी,हर्कजंग बहादुर सिंह,खडका बोहरा,देवि कमारी सेटी(महिला) प्रकाश स्नेही(दलित)केशव नगरकोटी(जनजाती)नन्दकृष्ण जोशी (अपाङ्ग) बाट महाधिवेसन प्रतिनिधि छनौट भएका छन । बझाङ जिल्लाबाट २२ जना महाधिवेसन प्रतिनिधिमा २ जना संस्थापन र २० जना देउवा पक्षका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण