८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिरासतबाट रविको डायरी गायब भएको रास्वपाको आरोप

२१ मंसिर २०८१, शुक्रबार १५:३३

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको डायरी हिरासतबाटै गायब पारिएको आरोप लगाएको छ।

शुक्रबार रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै लामिछानेलाई सरकारले अपराधीजस्तो व्यवहार गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी गुहारेका हुन्।

५ वटा सहकारी ठगीको अनुसन्धानका क्रममा रहेका लामिछानेको नैसर्गिक मानव अधिकार हनन भएको समेत रास्वपाको ठहर छ। यसलाई निर्मम कदम भन्दै औचित्य पुष्टि गर्नुपर्ने रास्वपाको चुनौती छ।

‘रवि लामिछाने कसुरदार नभई एक आरोपित मात्र हुन्। सरकारको कानुनी प्रक्रियामा साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेका छन्। अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधीजस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवं यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायविरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेकोतर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं’, झाको विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधानबमोजिम कारबाही गर्न जोडदार माग गर्दछौँ।’

रास्वपाले चितवन प्रहरीको हिरासतबाट राति नै कास्की प्रहरीको हिरासतमा लगिएको भन्दै आपत्ति पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता