४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

उद्घाटन सत्रमै क्षेत्रीय सभापतीलाई झाप्पड

२५ माघ २०७२, सोमबार १२:१५

सम्राट सिंह/ माघ २५, बझाङ । नेपाली काङग्रेसको १३ औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमै क्षेत्रीय सभापतीलाई झाप्पड हानेको छ । उद्घाटन समारोहमा आसन ग्रहण नगराएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन किसान संघका सभापती राम बहादुर महरले भर्खरै सहमतीका आधारमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती चयन भएका भक्त राज जोशीलाई झाप्पड हानेका हुन ।

जिल्ला अधिवेसनको उद्घाटन सत्रको उद्घोषण गरिरहेका जोशीलाई मञ्चमै झाप्पड हानेपछि केहीबेर उद्घाटन सत्र नै तनावग्रस्त बनेको थियो ।

आसन ग्रहण गर्ने क्रममा किसान संघका सभापती को नाम पछाडी परेकोले आफुलाई आक्रमण गरेको क्षेत्रीय सभापती जोशीको भनाइ रहेको छ भने किसान संघका सभापती महरको भने आफुलाई आसन ग्रहण नगराई अपमान गर्न खाजेको आरोप लगाएका छन ।

जिल्ला सभापतीको निर्वाचनका लागि हालसम्म ४ जनाले उम्मेदवारी घोषणा गरीसकेको र केही उम्मेदवार हरु भोली नै उम्मेदवारी घोषणा गर्ने पक्षका रहेका छन । सभापतीको उम्मेदवारी घोषणा गर्नेमा क्षेत्र नम्बर १ का खडक बहादुर बोहरा र हर्कजंग बहादुर सिंह रहेका छन भने क्षेत्र नम्बर २ का देवराज जोशी र रमेस भण्डारी रहेका छन ।

अधिवेसनको रौनक बझाङ जिल्लाका गाँउ,नगर र क्षेत्रीय अधिबेसन गरी सोमबार जिल्ला अधिवेसनका लागि सदरमुकाम चैनपुरमा केन्द्रित भएको छ । नेपाली काँग्रेसमा रहेको गुट उपगुटले नेपाली काँग्रेसका कार्यकर्तामा नै निरासा छाएको छ ।

बझाङ जिल्लाबाट २२ जना महाधिवेसन प्रतिनिधिमा २ जना संस्थापन र २० जना देउवा पक्षका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण