प्रकाश धौलाकोटी/असार २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा रहेको गुराँस बचत तथा ऋण सहकारी संस्थाले ३२ जना विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/असार २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा रहेको गुराँस बचत तथा ऋण सहकारी संस्थाले ३२ जना विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री"/>

2026-10-18 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


प्रकाश धौलाकोटी/असार २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा रहेको गुराँस बचत तथा ऋण सहकारी संस्थाले ३२ जना विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । 

संस्थाले आफ्नो चौथो स्थापना दिवसको अवसरमा म्याङलुङ्ग–१ को थलडाँडास्थित रामथला आधारभूत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । 

विद्यालयमा अध्ययन सबै ३२ जना विद्यार्थीहरु लाई प्रति व्यक्ति तीन सय रुपैयाँ बराबरका कापी, पेन्सिल, डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको संस्थाका सचिव लक्ष्मीनारायण मिश्रले बताए । 

संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुले विद्यालयमा पुगेर आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले शैक्षिक सामाग्री वितरण गरे ।

सहकारीले सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरणको कार्यक्रम राख्नु प्रशंशानीय भएको जिशिअ पोखरेलले बताए । उनले शैक्षिक सामाग्रीहरु निःशुल्क रुपमा पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका नानीहरुलाई पढाईमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न आग्रह गरे । शैक्षिक सामाग्री पाएपछि नानीहरुलाई विद्यालय आउन सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान तामाङले बताए ।

विद्यालयमा आउने अधिकांश विपन्न समुदायका बालबालिका भएकाले उनीहरुको पढाईलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुगेको प्रधानाध्यापक भवानीप्रसाद इस्वोले बताए । ०७० साल असार २१ गतेबाट म्याङलुङ्ग नगरपालिका–१ मा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको सहकारीमा हाल ८ सय ३९ जना शेयर सदस्य रहेका छन् । सहकारीले हालसम्म ३ करोड बढी निक्षेप संकलन गरेको छ भने पुँजी १ करोड बढी रहेको जनाएको छ । 

शैक्षिक सामाग्री वितरण कार्यक्रम संस्थाका अध्यक्ष टिकाराम खुलालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपक कट्टेलले  कार्यक्रमको औचित्यबारे प्रष्ट्याउँदै सहभागीलाई स्वागत गरेका थिए । 

संस्थाले अहिलेसम्मको चार वर्षको अवधिमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत थुप्रै कार्यक्रमहरु गरिसकेको व्यवस्थापक मिननाथ दाहालले बताए ।

उनका अनुसार संस्थाले यसअघि रक्तदान, सिंहवाहिनी मन्दिर सरसफाई तथा रङरोगन, संरक्षण, स्वच्छ र हराभरा म्याङलुङ्ग अभियानको थालनी, प्रकोप पीडितहरुलाई राहत लगायत कामहरु गर्दै आएको छ । अहिले संस्थाले दैनिक कार्यालय सन्चालन गरी बचत, ऋण लगानी, असुली लगायत विभिन्न कारोबार गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु