३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंबाट धनगढी जाँदै गरेको बस बाँकेमा दुर्घटना

२४ मंसिर २०८१, सोमबार ११:२६

काठमाडौं | काठमाडौंबाट धनगढी जाँदै गरेको बस सोमबार बिहान बाँकेमा दुर्घटना भएको छ।

२४ यात्रु सवार बसले ट्रकलाई जोगाउन खोज्दा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परी दुई जना सामान्य घाइते भएको र उनीहरु आफै कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि गएको प्रहरीले जानकारी दिएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ मगुवामा काठमाडौंबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प ०१ –००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको थियो।

चालक कैलालीको गोदावरी नगरपालिका – १ का ३६ वर्षीय रामबहादुर डाँगी प्रहरीको नियन्त्रणमा छन् ।

घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक राजकुमार भट्ट नेतृत्वको ९ जनाको टोली घटनास्थल पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोहितको उच्च स्कोरलाई उछिन्दै रवि बोपारा एनपीएलमा सर्वाधिक रन बनाउने ब्याटर चितवन राइनोजलाई २१ रनले हराउदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन टियूको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाहीको दायरामा आउनेछन् : प्रधानमन्त्री ओली चितवन राइनोजलाई जितका लागि ६४ रन आवश्यक दाङमा स्कुल बसको ठक्करबाट ३१ वर्षका युवकको मृत्यु नेकपा एसमा फेरियो नेताहरूको जिम्मेवारी, स्कुल विभाग प्रमुखमा झलनाथ दुई क्याच लिएका गुल्सन फर्किए बेन्चमा पावर प्लेमा चितवन राइनोजले तेस्रो विकेट गुमाएर बनायो ४७ रन आज बुधबार तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? चितवन राइनोजले गुमायो दोस्रो विकेट कर्णाली याक्सले चितवन राइनोजलाई दियो १७६ रनको लक्ष्य संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दै भक्तपुरमा बुवाले गरे आफ्नै छोरालाई चक्कु प्रहार गरेर ह-त्या कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै चितवन आज विश्वभरि अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदै आजको मौसम: तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने एनपिएलमा आज दुई खेल हुदैँ, पहिलो इलिमिनेटर खेलमा चितवन र कर्णाली भिड्दै वामदेव गौतम एकीकृत समाजवादीमा जान ‘तयार’, तेस्रो वरियताको ‘वरिष्ठ नेता’ पद दिईने प्रेमिकाको हत्या आरोपमा युवक पक्राउ धनराज र उनकी श्रीमतीबीच सहकारी डिभोर्स भएको हो, श्रीमतीले १४ करोड ८१ लाख अपचलन गरेको देखिन्छ: सूर्य थापा