२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

व्यवस्थित हुन सकेन नवलपरासीको साप्ताहिक हाटबजार

२०७४, २२ असार बिहीबार ०९:०३

असार २२, नवलपरासी । सदरमुकाम परासी बजारको अव्यवस्थित साप्ताहिक हाटबजारमा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । 

सडकको अवस्था नाजुक छ । आवतजावत गर्न समस्या भएको छ । बजारमा सवारिसाधन पार्किङ गर्ने स्थानको अभाव छ । सर्वसाधारणले सडकमै पार्किङ गर्ने गरेका छन् । हाटबजारमा खाने पानीसमेत छैन । 

आधाभन्दा बढी व्यापारीले खुला आकाशमुनि पसल सञ्चालन गर्दैआएका छन् । बजारमा मासु पसल अव्यवस्थित रुपमा सञ्चालन गरिएका छन् । जताततै फोहर भएकाले बजारमा प्रदूषण बढेको स्थानीय कमला थापा बताउनुहुन्छ । नगरपालिकाले उक्त क्षेक्रलाई खुला दिसामुक्त घोषण गरे पनि बजार वरपर फोहरै फहोर देखिन्छ । 

सातामा दुई पटक लाग्ने परासी हाट बाजारको अवस्था सुधार्न रामग्राम नगरपालिकाले प्रभावकारी पहल नथालेको हाट बजार व्यस्थापन समितिका अगुवा राधेश्याम अग्रहरीले बताउनुभयो । रामग्राम नगरपालिकाले वार्षिक रु १० लाखको बजार ठेक्का लगाउने गरेको छ । तर बजारको व्यवस्थापन भने गर्न सकेको छैन । 

झरही नदी किनारमा लाग्ने हाट बजारमा व्यापारीले खुलेआम बधशाला सञ्चालन गरेका छन् । गर्मीको मौसममा खोलाको बालुवा उडेर बजारसम्म पुग्छ । बजारलाई व्यवस्थित गर्नुपर्ने स्थानीयवासी सुरेन्द्र गुरुङ बताउनुहुन्छ । 

आगामी दिनमा हाट बजार व्यवस्थित गरिने रामग्राम नगरपालिकाका शहरी विकास शाखा प्रमुख भगौती यादवले बताउनुभयो । रामग्राम नगरपालिका– २ मा साप्ताहिक हाट बजार बुधबार र शनिबार लाग्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर