2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

क्रान्तिकारी पत्रकार संघको प्रादेशिक भेला सम्पन्न

bajahngसम्राट सिंह/माघ २९, बझाङ । क्रान्तिकारी पत्रकार संघको प्रदेश नम्बर ७ को प्रादेशिक भेला बिहिबार धनगढीमा सम्पन्न भएको छ । संगठन सृदृढीकरण र पेशागत हकहितका लागि सुदूरपश्चिमका ९ जिल्लाका क्रान्तिकारी संघको भेला गरिएको हो ।

सम्पन्न प्रादेशिक भेलाबाट पहल साउँदको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरिएको छ । भेलाले नेपाल पत्रकार महासंघले सुरु गरेको पत्रकारीता बिमा प्रभाबकारी बनाउनु पर्ने र पत्रकारको जिबन बिमा समेत सुरु गर्नु पर्ने माग समेत गरेको छ ।

राज्यको मुल प्रवाहीकरणमा सबै भन्दा कम पहुँचमा सुदूरपश्चिमको रहेको क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सम्मेलन आयोजक समिति संयोजक गोबिन्द आर्चायले बताए । आर्चायले भने राज्यबाट प्राप्त सेवा सुबिधा सबै भन्दा कम पाउने कोही छ भने त्यो सुदूरपश्चिम हो त्यसैले राज्यका सबै संरचना प्रदेश तहमा निमार्ण गर्न जरुरी छ ।

सुदूरपश्चिमका ९ जिल्लाका झण्डै ५० जना क्रान्तिकारी पत्रकार संघका पदाधिकारीहरुको उपस्थितिमा प्रादेशिक भेला सम्पन्न भएको हो । प्रादेशिक भेलाको मुख्य उदेश्य संगठन सृदृढिकरण गर्ने र अब क्रान्तिकारी पत्रकार संघ नयाँ ढंगले अघि बढ्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका छन ।

भेलाले २०५२ साल माघ २९ गते भएको महाकाली सन्धी २० बर्ष पुगेको सन्दर्भमा, महाकाली सन्धिको पुनरावलोकन गरी नेपालको आबश्यकता अनुसार महाकाली नदीबाट पानीको न्यायोचित हक हासिल गर्दै पंचेश्वर लगाएताका परियोजना नेपालको हित अनुरुप निर्माण गर्नु पर्ने , राज्यको प्रादेशीक संरचना तत्काल कार्यान्वयन गर्न र सञ्चार सम्बन्धि राज्यबाट दिईने सम्पूर्ण सेवा सुबिधा र संरचना प्रदेश तथा जिल्ला तहमा ल्याउन पर्ने, सरकारले केन्द्रमा अघी बढाएको आम सञ्चार प्रतिष्ठान गठन पक्रीया तत्काल कार्यान्वयन गर्न र हरेक प्रदेशमा आम सञ्चार प्रतिष्ठान गठन गर्नु पर्ने , देशभरका सञ्चार माध्यम लोड सेडिङको चर्को मारमा परेकाले लोड सेडिङ मुक्त घोषणा गर्नका लागी बैकल्पीक उर्जा को प्रयोगगरी लोड सेडिङमुक्त घोषणा लगाएतका प्रस्ताब पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई