काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेताहरूविरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंगलबार सुनुवाइका लागि पेसी तोकिएको छ ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासमा पेसी तोकिएको हो । पेसीको पालो ‘ग’ नम्बरमा परेको छ ।
यसअघि सर्वोच्चले रास्वपा नेताहरूले अदालतको अवहेलना हुने गरी दिएको भनिएको भाषण पेस गर्न आदेश भएको थियो । निवेदकले उक्त भाषण उतार गरेर बुझाएपछि सुनुवाइका लागि पेसी तोकिएको हो ।
सुरुमा अवहेलना निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता भएको थियो ।