Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सरकारले रविलाई नियतवस अमानविय व्यवहार गरिरहेको छ : कांग्रेसका सांसद शर्मा

२०८१, २५ मंसिर मंगलवार १३:४१

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई सरकारले अमानविय व्यवहार गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले अन्यायपूर्ण ढंगले र नियतवस रुपमा लामिछानेलाई एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाएर अमानवीय व्यवहार देखाएको आरोप लगाएका हुन‍् |

उनले भने, ‘अहिलेका गृहमन्त्री रमेश लेखक कानूनको ज्ञाता पनि हुनुहुन्छ । हाम्रो गृहमन्त्री नै भएको बेला यो केस न्यायिक निरूपणको विषय हुनुपर्ने हो । न्यायालयले यसबारे बोल्नुपर्ने हो । सकेसम्म पहिलो हप्ता नभए ८/१० दिनभित्र अदालतमा बुझाइदिनुपर्ने हो । तर, नियतवस र मानसिक रूपमा ह्यारेस गराउनका निम्ति रविलाई कहिले कता कहिले कता कुदाइएको छ । देख्दा र हेर्दा लोकलाई पनि लाज लाग्छ भनिन्छ नि त्यस्तै भएको छ । सबैले बुझ्ने गरी अन्यायपूर्ण ढंगले र नियतवस रुपमा यो काम भइरहेको छ । यो घटनाको घोर भर्त्सना गर्दछु । प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई तीन दिनभित्र म रवि लामिछानेको केस अदालतमा पेस गरियोस् भन्न चाहन्छु । विधिको शासन सबैले मान्नुपर्छ ।’

सांसद शर्माले गृहमन्त्री रमेश लेखकले पार्टीको प्रमुख सचेतक हुँदा सदनमा बोलाएर जिवी राईलाई किन पक्राउ नगरेको भनेर नारा लगाउन लगाएको भन्दै अहिले आफू गृहमन्त्री हुँदा किन पक्राउ नगरेको भनेर प्रश्न समेत गरे ।

उनले भने,‘गृहमन्त्री ज्यूलाई मेरो प्रश्न छ । हिजो पार्टीको सचेक हुँदा हामीलाई सदनमा रोस्टममा बोलाए जिवी राई खोई, किन पक्राउ नगरेको भनेर नारा जुलुस गर्न लगाउनु भयो । तर आज तपाईं आफै गृहमन्त्री हुँदा पक्राउ गर्ने दायित्व हो कि होइन् ? किन पक्राउ नगरेको ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी