२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सार्वजनिक सुनुवाई कार्यक्रम खैरामा सम्पन्न

२२ असार २०७४, बिहीबार १३:२१

असार २२, प्यूठान । कृषी तथा खाद्य सुरक्षा आयोजनाको सार्वजनिक सुनुवाई तथा आार्थिक वर्ष ०७३/७४ को वार्षिक स्विकृत कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम आज खैरामा सम्पन्न भएको छ।

जिल्ला कृषी विकास कार्यलय प्यूठान र जिल्ला पशु सेवा कार्यलय प्यूठानको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला कार्य समितीको कार्यलय प्यूठानको सह आयोजनामा सम्पन्न सुनुवाई कार्यक्रमको अध्यक्षता फूलवारी वाख्रा उत्पादक समुहका अध्यक्ष लिला वुढाथोकीले गर्नु भएको थियो । 

कृषी विकास कार्यलय प्यूठानका प्रमुख मधुसुदन घिमिरे, पशु सेवा कार्यलय प्यूठानका प्रमुख डा सरण कुमार पाण्डे, अर्का प्रतिनिधी डा खिमानन्द खनाल र कृषी तथा खाद्य सुरक्षा आयोजनाका फोकल पर्सन डोर वहादुर के सी उपस्थित सुनुवाई कार्यक्रमको उद्देश्य माथी कृषी विकास कार्यलय प्यूठानका प्रमुख मधुसुदन घिमिरेले प्रकास पार्नु भएको थियो।

उक्त सुनुवाई कार्यक्रममा लाली गुरास समुहका तर्फवाट तारा पोख्रेल र सकृय वाख्रा पाठशालाका तर्फवाट सुसिला जि सीले वोल्दै आज सम्म आफुहरूले ५ वटा थ्रेसर मात्र प्राप्त गरेको र कृषी कार्यका लागी टेक्टर भाडामा लिनु पर्ने समस्या रहेकाले कृषक समुहको सहजताका लागी टेक्टर उपलव्ध गराइदिन आग्रह गरेका छन्। कृषकको आग्रह प्रती आफ्नो राय राख्दै कृषी विकास कार्यलय प्यूठानका प्रमुख मधुसुदन घिमिरेले वढीमा पनी ३ लाख अनुदान नहुदै टेक्टर नआउने भएकाले गाविसमा ३ वटा मात्र टेक्टर पर्ने र सोही अनुरुप सो गाविसमा पनी परी सकेकाले यो सम्भव नरहेको भन्दै टेक्टर प्राप्त गरेका समुह संग मिलेर मेसिनरी सामान लिन सकिने वताउनु भएको छ।

साविकका १० वटा गाविसमा सञ्चालन हुदै आएको कृषी तथा खाद्य सुरक्षा आयोजना अवको ८ महिना पछी सकिने र सोही साविकका  १० गाविसमा ३० वटा साना अनुदान कार्यक्रम लागु हुने वताइएको छ।

त्यस्तै कृषी विकास कार्यलय प्यूठानका प्रमुख मधुसुदन घिमिरेले गहु र धानको वोटमा रोग लागेमा वोटनै उखेलेर सेवा केन्द्र लिएर जान आग्रह गर्नु भएको छ। वोयर वोकामा देखिएको समस्या समाधानका लागी खानपिनमा ध्यान दिन समेट सुझाव दिनु भएको छ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका  फूलवारी वाख्रा उत्पादक समुहका अध्यक्ष लिला वुढाथोकीले वाख्राको लागी खोर सुधार लगायतको माग गरेको स्मरण गराउदै कुखुरा वाख्रा पालन र तरकारी खेतीले आफ्ना माग हरू परिपुर्ती गरेको र आत्मनिर्भर वन्नका लागी आफुहरू नै सकृय भएर लाग्नु पर्ने वताउदै आयोजकलाई आगामी दिनमा पनी यस्ता कार्यक्रमहरु लिन समेट आग्रह गर्नु भएको छ । स्मृती घर्ती मगरको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान