१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नाबालिग बलात्कार गरेको आरोपमा एमालेका पूर्वमेयर शिवाकोटी पक्राउ

२५ मंसिर २०८१, मंगलवार १५:०१

काठमाडौं | झापाको बिर्तामोड नगरपालिका नेकपा एमालेका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्रउ परेका छन् ।

घरेलु कामदारको रूपमा राखिएकी नाबालिगलाई पटक पटक बलातत्कार गरेको आरोपमा उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

ती नाबालिगको उमेर प्रहरीले खुलाएको छैन । तर उनी १७ वर्षकी रहेको जानकारी आएको छ ।

प्रहरीका अनुसार नाबालिगका बुवाआमा दुवै साथमा थिएनन् । शिवाकोटीले पढाइदिने सर्तमा उनलाई राखेका थिए ।

ती नाबालिगलाई कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नियन्त्रणमा लिइएको थियो ।

त्यसपछि बुझ्दा उनले आफूलाई पूर्वमेयर शिवाकोटीले करणी गरेको बयान प्रहरीलाई दिएकी थिइन् । उनकी आमा भारतमा भएकाले त्यहाँ जान लागेको उनले प्रहरीलाई बताइन ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको जनाएका छन् ।

शिवाकोटी २०७४ सालमा नेकपा एमालेको तर्फबाट बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो