२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अधिकांश ठाउँमा किन हार्यो माओवादी ?

२०७४, २३ असार शुक्रबार ०२:०८

असार २३, काठमाडौं । माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन परिणाम निराशाजनक भएको बताएको छ । 

प्रारम्भिक समीक्षामा माओवादीले यस्तो निष्कर्ष निकालेको हो । माओवादीले पहिलो र दोस्रो चरणमा गरी १५० सिट कटाउने लक्ष्य राखेको थियो । 

६ वटा प्रदेशको ५८८ वटा स्थानीय तहमा निर्वाचन सकिँदा माओवादीले अहिलेसम्म जम्मा ८१ तहमा मात्र जित हासिल गरेको छ । पहिलो चरणमा ४६ तह जितेको माओवादीले दोस्रो चरणमा ३८ तहमा जित हात पारेको छ । त्यसमध्ये पनि नगरपालिकाको संख्या निकै न्यून छ । यो सफलता अपेक्षाविपरीत भएको नेता मणि थापाले बताए ।

अधिकांश ठाउँमा किन हार्यो माओवादी ?

माओवादी नेता मणि थापाको बुझाइमा चुनावी राजनीतिमा माओवादी केटाकेटी देखियो । उनले एकीकृत योजना बनाएर जान नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको बताए । एमालेले सत्तासाझेदारीविरुद्ध प्रचार गर्दासमेत त्यस्तो आरोप चिर्न नसक्दा माओवादीले क्षति व्यहोर्नुपरेको निष्कर्ष माओवादीले निकालेको थापाले जानकारी दिए । 

‘अरू पार्टीका नेताहरू आफैँ मैदानमा उत्रिए । पार्टी प्रतिष्ठाका रूपमा चुनाव लडे,’ थापाले भने, ‘हाम्रा कार्यकर्ताले मात्र चुनाव लडे । नेताले चुनाव लडेनन्, उनीहरूलाई चुनाव लागेन । हाम्रा नेतामा चुनावको जोश, जाँगर र उत्साह देखिएन ।’ न्यूनतम स्रोत–साधन जुटाउन नसक्दा पनि कमजोर परिणाम आएको माओवादीको निष्कर्ष छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा