2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुआहारा कार्यक्रम प्रभावकारी नभएको गुनासो

सम्राट सिंह/फागुन ३, बझाङ । गर्भवती एवं सुत्केरी महिला र बालवालिकाको पोषण अवस्थामा सुधार ल्याउन जिल्लामा संञ्चालन हुँदै आएको सुआहारा कार्यक्रम प्रभावकारी नभएको बझाङ्गबासीले गुनासो गरेका छन ।

सुआहारा कार्यक्रम मार्फत जिल्लाका ४२ गाविस र नगरपालिका गरी ३ वर्षको अवधीमा झण्डै ७ करोड भन्दा बढी रकम खर्च गरिएको भएता पनि खर्च अनुसारको उपलब्धी न्युन देखीएपछि सरोकारवालाहरुले प्रभावकारी नभएको गुनासो गरेका हुन ।

बिकट हिमाली जिल्ला बझाङमा सुआहारा कार्यक्रमले अधिकासं रकम चेतना विकासको लागी खर्च गरेको वताएता पनि ग्रामिण महिला तथा वालबालिकाको व्यवहारमा कुनै परिवर्तन नदेखिएको कोटदेवल गाविसका नरेन्द्र सिंहले बताए ।

करोडौ रकम खर्चेतापनि सुआहारा कार्यक्रम प्रभावकारी नभएको नागरिक समाजका अगुवा,पत्रकार तथा सुआहाराका कर्मचारीहरुले समेत चिन्ता व्यक्त गरेका छन ।

गाउँमा सुआहाराले बितरण गरेका कुखुरा एउटा पनि छैनन् कृषि तथा खाद्य सुरक्षा आयोजनाबाट बितरण भएका कुखुरा देखाएर कार्यक्रम संञ्चालन गर्दै आएको भएतापनि सरोकारवालाहरुको ध्यान नगएको नेकपा माओवादीका नेता चन्द्रसिंहले बताए ।

सुआहारा कार्यक्रममा अनिमियता भएको बारे अख्तियार दुरुपयोग अनुसन्धानमा उजूरी परेको भएपनि अख्तियारले छानविनमा कुनै चाँसो नदेखाएको उनको भनाइ छ ।

सुआहारा कार्यक्रमका संयोजक जगदिश लुहारले सुआहारा कार्यक्रमले जिल्लामा पोषणको क्षेत्रमा ठुलो योगदान पुर्याएको र कार्यक्रम प्रभावकारी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई