२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकल दुर्घटनामा कमेडी च्याम्पियन सिजन २ का प्रतियोगी हिक्मत महराको निधन

२६ मंसिर २०८१, बुधबार १२:०२

कैलाली । चर्चित कमेडी टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनको सिजन २ का प्रतियोगी हिक्मत महराको मोटरसाइकल दुर्घटनामा निधन भएको छ। कैलालीको गोदावरीमा मंगलबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार, महराले चलाएको मोटरसाइकल २ प ९११७ गोदावरी मन्दिर नजिक रोकिराखेको ट्रकमा ठोक्किएको थियो। गम्भीर घाइते भएको अवस्थामा उनलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो, जहाँ उपचारका क्रममा उनको निधन भएको हो।

‘कमेडी च्याम्पियन २’ मा हिक्मत ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १८० जनामा छनोट भएका थिए। त्यसपछि उनी टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका थिए। उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए। हिक्मतले कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बिएडसम्म अध्ययन गरेका थिए।

गोदावरी पीङका सञ्चालन समेत रहेका उनी पछिल्लो समय कैलालीको गोदावरीमै अस्थायी रुपमा बसोबास गर्दै आएका थिए।

कैलालीमा थप दुई दुर्घटना, दुईको मृत्यु
कैलालीमा मंगलबार नै थप दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका-८ र धनगढी उपमहानगरपालिका-१८ मा भएका दुर्घटना दुई जनाको मृत्यु भएको हो ।

हुलाकी सडक खण्ड अन्तरगत टिकापुर नगरपालिका-८ फाँटामा सुपप्र ०१-००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार २२ वर्षीय विनोद चौधरीको मृत्यु भएको छ ।

गम्भीर अवस्थाका चौधरीलाई टीकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

चालक टीकापुर-१ का २१ वर्षीय रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । धनगढी उपमहानगरपालिका-१८ डिपो बजारमा डल्लबसँग मोटरसाइकल ठोक्किँदा कैलारी गाउँपालिका-३ हसुलिया बस्ने ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार उनले चलाएको सु.प.प्र.०१००११ प ७०७१ नंम्बरको मोटरसाइकल पछाडिबाट डल्लबसँग ठोकिएको थियो । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान